काठमाण्डौ , भाद्र ८,

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धादिङमा बुधबार भएको बस दुर्घटनाका घाइतेहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।
अध्यक्ष तिमिल्सिनाले शुक्रबार काठमाण्डौका बिभिन्न अस्पतालमा पुगेर त्यहाँ उपचार गराई रहेका घाइतेहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका राष्ट्रिय सभाका अध्यक्षका प्रेस सल्लाहाकार दुर्गा प्रसाद शर्माले प्रेसित गरेको समाचारमा जनाईएको छ ।
अध्यक्ष तिमिल्सिनाले ललितपुरमा रहेको क्रिष्ट मेडिकल कलेज, काठमाण्डौमा रहेको बयोधा लगायतका अस्पतालमा पुगेर उपचार गराई रहेका घाइतको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिदै स्वास्थ्य लाभको कामना गरेका थिए । अध्यक्ष तिमिल्सिनाले घाइतेहरुको उपचारमा कुनै कमि आउन नदिन अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई आग्रह समेत गरेका थिए ।
बस दुर्घटनामा परेका घाइतेहरु मध्ये काठमाण्डौको ट्रमा सेन्टरमा ७ जना, बयोधा अस्पतालमा चार जना, क्रिष्ट मेडिकल कलेज, मेडिसिटी र बि एण्ड बि अस्पतालमा १÷१ जनाको उपचार भैरहेको छ । काठमाण्डौंबाट पर्वत हुँदै म्याग्दीको बेनी जाँदै गरेको म्याग्दी कोरला यातायात प्रालिको प्रदेश ३–०१–००५ ख ९९५२ नंको बस वुधवार त्रिशुली नदीमा खस्दा ८ जना यात्रुको मृत्यु भएको थियो भने १७ जना यात्रु घाइते भएका थिए । गजुरी गाउँपालिका वडा नं २ चालिसे भन्ने ठाउँमा बस अनियन्त्रित भई त्रिशुली नदी खसेर दुर्घटना भएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।