पोखरा चैत्र ३१,
नेपाली सांगीतिक क्षेत्रका नक्षत्रहरु तारादेवी र अरुणा लामाको स्मृतिमा पोखरामा तारादेवी ,अरुणा लामा स्मृति श्रष्टा साँझ शनिबार सम्पन्न भएको छ । एभरेस्ट एफएम ९३ मेगाहर्जले पोखरेली महिला कलाकारहरुको साझा संस्था हारमोनीसँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा हारमोनी पोखराका कलाकारहरुले स्वर किन्नरी द्वय अरुणा लामा र तारादेवीलाई स्मरण गर्दे उनिहरुले विभिन्न समयमा गाएका गितहरुलाई गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए । कार्यक्रमको उद्धघाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए ।
कार्यक्रमको सुरुमा कलाकार, साहित्यका, पत्रकार तथा चलचित्र निर्देशक प्रकाश सायमीले स्वर साम्राज्ञी अरुणा लामा र स्वर किन्नरी तारादेवीका विभिन्न आयामहरुको वारेमा प्रकाश पारेका थिए । त्यसपछि पोखरेली कलाकारहरुको साझा संस्था हार्मोनीमा आबद्ध कलाकारहरुले सामुहिक रुपमा देवी बन्दना गाएर सांगीतिक कार्यक्रम शुभारम्भ भएको थियो । कार्यक्रममा रजनी ऋदम राई, ईतु जोजिजू ,रामभक्त जोजिजू , सितल थापा ,काठमाण्डौमा क्रियाशिल महिला गायिकाहरुको सांगीतिक समूह सुरशक्ति नारी समूहकी अध्यक्ष बरिष्ठ गायिका संगीता राना प्रधान, , बोबी सुनार लगयातका कलाकारहरुले तारा देवी र अरुणा लामाका विभिन्न गितहरु गाएका थिए ।
कार्यक्रमको अन्तमा मन्तव्य व्यक्त गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाली संगित क्षेत्रका नक्षत्र तारादेवी र अरुणालामाले नेपालको संगितिक क्षेत्रमा दिएको योगदानको चर्चा गर्दै उहाँहरुलाई संझेर एभरेष्ट एफ एमले पोखरामा कार्यक्रम गरिनु अत्यन्तै सकारात्मक भएको भन्दै यो कार्यक्रमलाई महानगरले आफ्नो क्यालेण्डरमा राखेर आर्थिक सहयोग गर्ने वताए । पोखरा आफैमा ईभेन्टको शहर हो भन्दै पोखरा भ्रमण वर्ष २०२५ सुरु भएको र पोखरामा प्रत्येक दिन कुनै न कुनै ईभेन्ट भईरहने भन्दै प्रमुख आचार्यले यस्ता कार्यक्रमलाई पोखरा महानगरपालिकाले अपनत्व लिदै सहयोग गर्नेे वताए । एभरेस्ट मिडिया हाउस प्रालिकी अध्यक्ष कर्मा तमुको अध्यक्षतामा भएको कार्यक्रममा एभरेस्ट एफएमका सम्पादक दीपेन्द्र श्रेष्ठले एफएमले हरेक वर्ष स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर २०७९ सालदेखि हरेक वर्ष माघ तेश्रो शनिबार कार्यक्रम गर्दै आएको बताए । तर यस वर्ष माघ तेश्रो शनिबार कार्यक्रम गर्ने तयारी चलिरहँदा हार्मोनीका एक सदस्य सञ्जिव पालको असामयीक निधन भएपछि स्थगित कार्यक्रम चैत अन्तिम शनिबार गर्नुपरेको वताए । यो कार्यक्रम अरुणा लामा र तारादेवीलार्ई संझने कार्यक्रमका साथै पोखराका हेरक क्षेत्रका व्यक्तित्वहरुका विचको पुर्नमिलन समेत भएको श्रेष्ठले वताए । कार्यक्रममा राजनितीज्ञ, उद्योगी व्यवसायी साहित्य अनुरागी, चिकित्सक, पत्रकार लगायत विभिन्न क्षेत्रका ब्यत्तित्वहरुको सहभागिता रहेको थियो । पोखरा महानगरपालिकाको प्रवद्र्धन र गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा कार्यक्रम भएको थियो ।

