पोखरा, मंसीर २,
आई एनएफ नेपालको ७० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्धघाटन पोखरा महानगर पालिकका प्रमुख धनराज आचार्यले एक समारोहका विच गरेका थिए । सो अवसरमा प्रमुख आचार्यले नेपालमा आई एनएफ स्थापनाको सत्तरी वर्ष सम्म आईपुग्दा नेपालका ग्रामिण समुदायमा स्वास्थ्य सेवाप्रदान गर्ने, जीविकोपार्जनमा सहयोग प्रदानगर्ने र सामाजिक समावेशीतालाई प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलेको वताए । पोखरालाई स्वास्थ्यको हिसाबले समृद्ध बनाउन आगामी दिनमा आई एनएफ नेपालसंग सहकार्य गरि अघि वढ्ने समेत वताए । आईएनएफ नेपालका अध्यक्ष रामचन्द्र तिमोथीले ७० वर्षे गर्विलो इतिहास बोकेको संस्थाले आफ्नो गरिमालाई उच्च राख्न निरन्तर प्रयास गर्दै आएको वताए ।
कार्यक्रममा आई एनएफ नेपालकाकार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारीले आई एनएफ नेपालका गतिविधी र दीर्घकालीन योजनाकाबारेमा प्रकाश पारेका थिए । संस्थाका मेडिकल सेवा निर्देशक डा. अरुण कुमार बुढाले आई एनएफ नेपालको स्वास्थ्य सेवालगायत हरियोखर्क अस्पतालका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा विशेष अतिथिद्धय आई एनएफ इन्टरनेशनलका अध्यक्ष िफल लिण्ड्से र कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यस्थापन महाशाखाका प्रमुख प्रशन्न नापित, पुर्व निर्देशकहरु डा.एलिसन क्रेभन, डा.पे्रम सुवेदी, डा.दीपेन्द्र गौतम लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि आचार्यले आई एनएफ नेपालमाविगत १० वर्ष भन्दालामो समयदेखि कार्यरत कर्मचारीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष राजेन्द्र कुमार अधिकारीले गरेका थिए ।
आई एन एफ नेपालले स्थापनाको ७० औं वार्षिकोत्सव बिभिन्न ७० वटा कार्यक्रम गरी वर्षैभरी मनाएको जनाएको छ ।