पोखरा आषाढ २९ गते,
आदीकवि भानुभक्त आचार्यको २१० औ जन्म जयन्तिको अवसरमा गण्डकी प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । गण्डकी प्रदेश स्थित तनहूँ जिल्लाको चुँदी रम्घामा वि.सं १८७१ साल आषाढ २९ गते जन्मिएका स्व भानुभक्त आचार्यले संस्कृतमा लेखिएको रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए । २१० औ भानु जयन्तिको अवसरमा आज मुलुकका विभन्न ठाँउमा नेपाली भाषा र साहित्य सम्वद्ध संघ संस्थाहरुले विभिन्न कार्यक्रम गरि स्व भानुभक्तले नेपाली भाषा र साहित्यको क्षेत्रमा गरेका योगदानहरुको स्मरण गरिरहेका छन् । जंगलमा गई घाँस काटेर वेच्ने र त्यो पैसावाट मानिसहरुका लागि पउिने पानीको लागि कुवा वनाउने घाँसीको प्रेरणावाट भानुभक्तमा केही गर्नुपर्दछ भन्ने भावना जागृत भएको र उनि नेपाली साहित्को श्री वृद्धिमा लागेको किंवदन्तीछ । वधुशिक्षा प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, भानुभक्तका चर्चित कृतिहरु हुन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।