पोखरा ,वैशाख १२,
प्रतिनिध सभा सदस्यको उप निर्वाचन अन्तर्गत चितवन जिल्लाको क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछा सर्वाधिक मत ल्याएर निर्वाचित भएका छन् । लामिछानेले ५४हजार १ सय ७६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्प्रर्धि नेपाली काँग्रेसका जितनारायण श्रेष्ठ जो सत्ता गठवन्धनका साझा उमेद्धवार थिए उनले ११ हजार २ सय १४ मत प्राप्त गरे । नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत प्रप्त गरेका छन् । राप्रपाका जिवलाल पुरीले भने जम्मा ३७५ मत प्रप्त गरेको निर्वाचन आयोगले जनाएको छ । लामिछानेले आफ्ना प्रतिष्प्रधिहरुको भन्दा झण्डै ५ गुण वढि मत ल्याएर चुनाव जितेपछि काँग्रेस र एमालेको सतो गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेको नागरिकता विवादमा उनको सांसद पद समाप्त भएपछि उक्त क्षेत्रमा उप निर्वाचन भएको हो । नागरिकता विवादले संसद पद समाप्त भएपछि उनको उप प्रधान तथा गृहमन्त्रीको पद समेत स्वतः समाप्त भएको थियो । अदालतको आदेश अनुसार लामिछानेले पुन नागरिकता प्राप्त गरेपछि उनलाई उमेद्धवार वन्न वाटो खुलेको थियो । नयाँ नागरिकताको प्रमाणपत्रको आधारमा उप निर्वाचनमा सोही क्षेत्रवाट उमेद्धवार वनेका लामिछानेले मंसीर ४ गतेको निर्वाचनमा भन्दा लोकपृय मत ल्याएर चुनाव जितेका छन् । मंसीर ४मा लामिछानेले ४९हजार ४०० मत ल्याएर जितेका थिए ।
उप निर्वाचनको मिति घोषणा भएदेखिनै रवि लामिछानेको वारेमा विभिन्न खालका टिका टिप्पणीहरु भएका थिए । उनलाई अवैध नागरिकताको आधारमा पासपोर्ट लिएको भनेर उक्त पासपोर्टको वैद्धता माथि प्रश्न उठाउदै अदालतमा मुद्धा पनि दायर गरिएको छ । चुनावको मुखैमा आएर आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसार्ईसंग २ करोड मागेको र त्यो पैसा रवि लामिछानेलाई कोर टिम मार्फत वुझाउनुपर्ने भनेर बद्नाम गर्न खोजियो । रविकै कारण उप निर्वाचन गर्नुपरेको र जनतालाई अनावश्यक दुख भएको र राज्यको सम्पत्ति खर्च भएको भनेर आलोचना गरियो तर चितवन २ का जनताले कसैको प्रवाह नगरी रवि लामिछानेको घण्टी चिन्हमा मत ओई¥याई दिए । मुलुककै ठूला र नाम चलेका नेपाली काँग्रेस तथा एमालेलाई विगतमा मत दिएका मतदाताहरुले पनि रवि लामिछानेलाई नै मत दिएको मत परिणामले देखाईदियो ।
लामो ईतिहाँश भएका, लोककतन्त्र र गणतन्त्रको लागि लडेका ठूला पार्टिहरुको शैली, र शासन गर्ने तरिकालाई जनताले मन पराएनन् । २०६२÷०६३ सालको जन आन्दोलनको १८ वर्ष र गणतन्त्र प्राप्ती पछिको १६ वर्ष जनताले ठूला दलहरुवाट केही हुन्छ की भन्ने अपेक्षा गरे तर उनिहरुवाट मुलुक र जनताको पक्षमा परिणाममुखी काम हुन नसक्ने ठहर गरेर जनताले नयाँ शक्तिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टिलाई रोजेका छन् । यो उप निर्वाचनले रास्वपा स्थापनाको औचित्यको पुर्नपुष्ठी गरेको जनताको अभिमतले देखाईदिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।