पोखरा,
गठवन्धनको तर्फवाट कास्की क्षेत्र नं २ का प्रतिनिधि सभा तथा प्रदेश सभा उमेद्धवारहरुले घरदैलो गर्ने , मतदतासंग भेटघाट गर्ने तथा स्थानिय स्तरका समस्या वुझ्ने र उनिहरुसंग अन्तरक्रिया गर्ने कामलाई निरन्तरता दिएका छन । यसै क्रममा प्रतिनिधि सभा सदस्यका उमेद्धवार श्रीनाथ वरालले पोखरा महानगरपालिका वडा नं ३३, २० र २१ मा घरदैलो सम्पन्न गरेका छन् । त्यसै गरि प्रदेश सभा १का उमेद्धवार विश्वप्रकाश लामिछाने ले पोखरा ३३ र २१मा घर दैलो सम्पन्न गरिसकेका छन् । प्रदेश सभा २ का उमेद्धवार विन्दु कुमार थापाले वडा नं २० मा घर दैलो सकेका छन् भने १६मा थापाको घर दैलो जारी रहेको थापको सचिवालयले जनाएको छ । बुधवार प्रतिनिधि सभाका उमेद्धवार श्रीनाथ वराल र प्रदेश सभा उमेद्धवार थापको घरदैलो एकै साथ पोखरा १६ मा हुने संयुक्त चुनाव प्रचार प्रसार समिति क्षेत्र नं २ ले जनाएको छ । पोखरा महानगरपालिका भएपनि दुर्गम वडाका रुपमा चिनीने ति वडाका स्थानियहरुसंग गठवन्धनका उमेद्धवारहरुले आफ्नो क्षेत्रमा रहेका दुर्गम वडाहरुलार्ई चाडै सुगम वनाउने वाचा गरेका छन् ।
यसै विच पोखरा २१मा मंगलवार भएको घरदैलो पछिको चुनावी सभालाई संवोधन गर्दै प्रतिनिधि सभाका उमेद्धवार श्रीनाथ वरालले उम्मेद्वारले पोखरा महानगरमा पछि थपिएका दुर्गम वडालाई योजनावद्ध रुपमा चाडै सुगममा परिणत गर्ने प्रतिवद्धता ब्यक्त गरे । पर्यटन, कृषि र पूर्वाधार निर्माण गरेर दुर्गमलाई सुगममा परिणत गरिने उनको भनाई थियो । कोर सहरी क्षेत्र अब साँघुरो भएको भन्दै विकास पूर्वाधारको विस्तार अब दुर्गम भनिएको तर सम्भावना रहेको क्षेत्रमा हुने वरालले वताए ।
आफूले मत मागेर यस अगाडि निर्वाचित गरेको जनप्रतिनिधिले विकास पूर्वाधार निर्माण र जनअपेक्षालाई बुझ्न नसक्दा सहरका ग्रामिण भेगमा विकास हुन नसकेको उनले सो अवसरमा वताएका थिए । पोखराको ग्रामिण क्षेत्र जसलाई दुर्गम भनिएको छ । त्यहि क्षेत्रको भविश्य सुन्दर रहेको रै भोलीको अथाहा सम्भावना रहेको पनि वरालले वताए ।
उनले फुस्रेखोला–मट्टिखान सडकको स्तरोन्नती, कृष्ति– निर्मलपोखरी–भरतपोखरी सडकलाई डबल लेन सडकको रुपमा विकास गर्ने र पोखरा चक्रपथ निर्माणका लागि योजना अगाडि बढाईने वताए ।
सोही अवसरमानेकपा माओवादी केन्द्रका नेता एवं कास्की क्षेत्र नम्बर २ (१)मा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्व प्रकाश लामिछानेले अब देशको विकास गठबन्धनमा आवद्ध दलहरुले गर्ने बताए । गठबन्धनको घोषणा पत्र नै आफ्नो घोषणा पत्र रहेको भन्दै उनले विगतको आफ्नो अनुभवलाई जनताको सेवा र काममा प्रयोग गर्ने धारणा राखे । विगतमा आफू पोखरा उपत्यका नगरबिकास समितिमा बसेर काम गरेको, ताल संरक्षण अभियानमा राम्रोसँग काम गरेको, अम्मरसिंह नमुना माविको व्यवस्थापन समितिको अध्यक्ष भएर राम्रो सफलता प्राप्त गरेको उनले स्मरण गरे ।
कार्यक्रममा कांग्रेसबाट समानुपातिक उम्मेदवार बृन्दा रानाले गठबन्धनले ५ वर्षमा काम गरेर स्थिर सरकार दिने बताइन् । पूर्वाधार निर्माण गरेर देशकै आर्थिक अबस्था उकास्ने उनको भनाई थियो ।
उनले कास्की क्षेत्र नम्बर २ मा विगतमा एमालेबाट निर्वाचित भएर गएकाहरु एनसेल काण्ड र वाइडबडी जस्ता काण्डमा मुछिएको समेत वताएकी थिईन् । कार्यक्रममा नेपाल समाजवादी पार्टी गण्डकी अध्यक्ष किरण बहादुर थापा र नेकपा एकीकृत समाजवादी कास्कीका उपाध्यक्ष झपेन्द्रराज रेग्मीले च्यात्न लागेको संविधान जोगाउन र जनताको काम गर्न गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताए ।
मंगलवारनै कास्की क्षेत्र २ (२)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विन्दुकुमार थापाले पोखरा महानगरपालिका १६ दिपमा मतदातासंग भेटघाट गर्दै आफुले पाएको सेवा सुविधा विगतमा जस्तै सामाजिक कार्यमा खर्च गर्ने बताए । सधैंझै सुशासन, पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलता आफ्नो प्रमुख मन्त्र रहने थापाले वताए ।