पोखरा श्रावण १४,
पोखरा महानगरपालिकाले मुख्य शहरी क्षेत्रका सडकमा फालिएको फोहर उठाएको छ । आईतवार विहान देखि महानगरपालिकका मुख्य वजार क्षेत्रका सडकमा फालिएको फोहर महानगरपालिकका फोहर संकलन गर्ने गाडिहरुले उठाउन सूरु गरेका थिए ।
विगत ४ दिन देखि पोखरा महानगरपालिकाको फोहर संकलन गर्ने गाडिहरु फोहर संकलन गर्न नआएपछि मानिसहरुले सडकमा फोहर फाल्न थालेका थिए । विषेश गरि पोखराको सृजनाचोक, सभागृहचोक, पृथ्वीचोक , नयाँ सडकको दाँया र वायाँ, चिप्लेढुङ्गा, र नयाँ वजार क्षेत्रको सडकमा फोहरका फालिएका थिए । शाखा सडकवाट मेन सडक निस्कने चोकहरुमा मानिसहरुले फोहर फालेका थिए । वर्षादको समय भएको र शनिवार राती ठूलो पानी परेको कारण चोक चोकमा थुपारिएको फोहर कतिपय ठाँउमा वगाएर सडकमै पुगेको थियो ।
पोखरा महानगरपालिकका फोहर संकलन गर्ने गाडि केही दिन फोहर उठाउन नआउने वित्तिकै मानिसहरुले धैर्य नगरी सडकमा ल्याएर फोहर फाल्दा सडकनै गुर्गन्धित भएको थियो । पोखरा महानगरपालिकाले फोहर फालिरहेको पोखरा ३२ स्थित अस्थायी ल्याण्डफिल्ड साईटमा फोहर फाल्न स्थानियहरुले अवरोध गरेपछि महानगरपालिकाले केही दिन फोहर उठाउन सकेको थिएन । यसै मौकामा घर घरवाट सडकमा फोहर फाल्न सुरु गरिएका कारण सडकमा फोहर थुप्रिएको थियो । पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले आम नागरिकहरुमा सडकमा फोहर नफाल्न अनुरोध गर्दै छिट्टै समस्या सामाघान हुनेभएकाले धैर्य गर्न अनुरोध गरेको भएपनि मानिसहरुले धैर्य नगरि सडकमा फोहर फाल्न थालेपछि सडकमा धेरै फोहर थुप्रिएको थियो । यसै विच महानगरपालिकाले आईतवारनै सार्वजनिक ठाँउहरुमा फोहर नफाल्न र फालेमा नियामनुसारको कारवाही हुने भन्दै माईकिङ समेत गरेको छ ।
पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्नुपरेको कारण पोखरा १४ बाच्छेवुडुवामा रहेको ल्याण्डफिल्ड साईट वन्द गरिएपछि पोखरा महानगरपालिकालाई फोहर व्यवस्थापन गर्न चुनौती थपिएको छ । पोखरा महानगरपालिकाले पोखरा ३३ मा फोहर प्रशोधन केन्द्र सहितको ल्याण्डफिल्ड साईट वनाउने जग्गा खरिद गरिसकेको भएपनि उक्त ठाउमा पनि अझै ल्याण्डफिल्ड साईट निर्माण भईसकेको छैन । यसै विचमा पोखरा महानगरपालिका वडा नं ३२ मा अस्थायी रुपमा फोहर फाल्न अस्थायी ल्याण्डफिल्ड साईटको व्यवस्थापन गरेर महानगरपालिकाले फोहर फाल्दै आएको थियो सो ठाँउका स्थानियहरुले पनि विरोध गरेपछि महानगरपालिकाले फोहर उठाउन सकेको छैन । हाललाई खाली गाडिमा फोहर उठाएर राखिएको वताईन्छ । महानगरपालिकाका प्रवक्ता मोति तिमिल्सनाले समस्या समाधानको पहल भईरहेको र आईतवार सम्म समस्या समाधान भई फोहर उठ्ने जानकारी शनिवारनै गराएका थिए । उनले फोहर सडकमा फान्लेहरु प्रति कडा कदम चालिने समेत वताएका छन् ।
फोहर उठाउने दाईत्व पक्कै पनि महानगरपालिकाको हो । महानगरपालिकाले फोहर मैला व्यवस्थापनको स्थायी समाधान छिट्टै निकाल्नु पर्दछ । यस कामका लागि प्रमुख धनराज आचार्य र पोखरा महानगरपालिकाले धेरै कसरथ पनि गरेको छ तर रिजल्ट निक्न सकेको छैन । महानगरपालिकाले अव रिजल्ट निस्कने गरि काम गर्नुपर्दछ । त्यसका साथसाथै महानगरपालिकालाई स्वच्छ ,सफा र सुन्दर वनाउने दाईत्व महानगरपालिकको जस्तै महानगरपालिकामा वसोवास गर्ने मानिसहरुको पनि उत्तिकै रहन्छ । २÷३ दिन विषेश कारणले फोहर संकलन गर्ने गाडि आएनन् भन्दैमा आफ्ना घरका थोरै थोरै फोहर घरमै व्यवस्थापन गर्न सकिने भएपनि सडकमा लगेर फालिदिदाको कारण पोखरामा एक दुई दिन फोहर थुप्रन गएको हो । त्यसैले महानगरपालिकामा वसोवास गर्ने नागरिकहरुले पनि आफनो दाईत्वलाई विर्सनु हदैन । सडकमा फोहर फाल्नु दण्डनिय काम हो भन्ने वुझ्दा वुझ्दै पनि रातीमा लगेर लुकेर फोहर फाल्ने कामले सभ्यताको खिल्ली उडाएको प्रतित भएको छ ।