पोखरा, फागुन २७,
चैत्र ३ गते हुने उपराष्ट्रपति पदका लागि ४ जनाको उमेद्धवारी परेको छ । मनोनयन दर्ता गर्ने दिन फागुन २७ गते आज संसद भवन नयाँ वानेश्वरमा रहेको निर्वाचन अधिकृतको कार्यलयमा सत्तारुढ गठवन्धनको तर्फवाट ३ जनाको उमेद्धवारी दर्ता भएको छ भने नेकपा एमालेको तर्फवाट नेतृ अष्ठलक्ष्मी शाक्यले उमेद्धवारी दर्ता गराएकी छन् । सत्तारुढ ८ दलीय गठवन्धनवाट जनता समाजवादी पार्टिका नेता रामसहाय प्रसाद यादव र प्रमिला यादव तथा जनमत पार्टिकी ममता झाले उमेद्धवारी दर्ता गराएका छन् ।
आज विहान वसेको सत्ता गठवन्धनको वैठकले जनता समाजवादी पार्टिका नेता रामसहायप्रसाद यादवलाई सत्ता गठवन्धनको तर्फवाट उमेद्धवार वनाउने निर्णय गरेको थियो । निर्वाचन आयोगले गरेको अन्यौलपूर्ण निणर्यका कारण सत्तारुढ दलवाट ३ जनाको उमेद्धवारी परेको सत्ता गठवन्धन दलका नेताहरुले वताएका छन् । संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समूदायको हुनुपर्नेछ भन्ने स्पष्ट प्रावधान रहेको भएपनि राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भईसकेकाले अव उपराष्ट्रपतिमा महिला उमेद्धवार हुनुपर्ने भन्ने आयोगको अन्यौलपूर्ण निणर्यले गर्दा सत्ता गठवन्धनवाट दुई जना महिलाको थप उमेद्धवारी परेको वताईएको छ ।
जनता समाजवादी पार्टि र जनमत पार्टिको शक्ति संघर्षका कारण जसपाले उप राष्ट्रपति पाईरहदा जनमत पार्टिले पनि सोही पदमा दावी गरेको छ । ८ दलीय गठवन्धन निर्माणका वेलामानै नेपाली काँग्रेस, माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी तथा जनता समाजवादी पार्टि विच उप राष्ट्रपति जनता समाजवादी पार्टिलार्ई दिने सहमति वनेको कारण जसपाका राम सहायप्रसाद यादवलाई सत्ता गठवन्धनले समर्थन गरेको छ । उमेद्धवारी फिर्ता लिने समय सम्म महिला उमेद्धवार की फरक समूदायको उमेद्धवार भन्नेमा स्पष्ट हुने भएकाले सत्ता गठवन्धनवाट एक जना मात्रै उपराष्ट्रपतिको उमेद्धवार वन्ने दावी नेताहरुले गरेका छन् । तर जनमत पार्टिले भने आफ्नो पार्टिले उमेद्धवारी फिर्ता नलिने जनाउदै सहमती नभए मित्रवत प्रतिष्प्रर्धा गर्ने जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।