पोखरा, चैत्र १९,
नयाँ वर्ष २०८० सालको आगमन संगै वैशाख १० गते मुलुकका अत्यन्तै महत्व राख्ने ३ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाका रिक्त स्थानका लागि उप निर्वाचन हुन गईरहेको छ । ती क्षेत्रहरुमा भोली अर्थात चैत्र २० गते मनोनयन दर्ता हुदैछ । मंसीर ४ गतेको निर्वाचनमा तनहूँ जिल्लाको क्षेत्र नं १वाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त निर्वाचन क्षेत्र खाली हुन पुग्यो त्यसै गरि जनता समाजवादीको तर्फवाट वारा जिल्ला निर्वाचन क्षेत्र नं २ वाट निर्वाचित रामशहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त निर्वाचन क्षेत्र खाली हुन पुगेको छ । त्यसै गरि चितवन जिल्लाको निर्वाचन क्षेत्रनं २वाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेको नागरिकता सम्वन्धि विवादका कारण सांसद पद समाप्त भएपछि सो क्षेत्र पनि खाली हुन पुगेकोले ३ वटै क्षेत्रमा निर्वाचन आयोगले वैशाख १० गते उप निर्वाचन गराउन लागेको हो ।
उप निर्वाचनका लागि निर्वाचन आयोगले भोली उमेद्धवारी दर्ताको मिति तोकेपछि उमेद्धवारहरुले भोली मनोनयन दर्ता गर्दैछन् । मनोनयनका क्रममा प्रमुख दलवाट तनहूँ १ मा नेपाली काँग्रेसका गोविन्द भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टिवाट स्वणीम वाग्ले र नेकपा एमालेवाट सर्वेन्द्र खनालले उमेद्धवारी दर्ता गर्दैछन् । त्यसै गरि चितवनको क्षेत्र नं २ वाट राष्ट्रिय स्वतन्त्र पार्टिका रवि लामिछाने, नेपाली काँग्रेसवाट जित नारायण श्रेष्ट र नेकपा एमालेवाट रामप्रसाद न्योपानेले उमेद्धवारी दिदैछन् । त्यसै गरि वारा क्षेत्र नं २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टिवाट रमेश खरेल र जनमत पार्टिवाट शिवचन्द्र कुशवाहले उमेद्धवारी दर्ता गर्ने भएका छन् ।