पोखरा ,चैत्र २१,
वैशाख १० गते हुने उप निर्वाचनका लागि उमेद्धवारहरुले उमेद्धवारी दर्ता गराएका छन् । तनहूँ जिल्ला निर्वाचन क्षेत्र नं १, चितवन २, र वारा २ मा आज प्रमुख राजनितीक दल लगायत अन्य दल र स्वतन्त्र गरि ६९ जनाले उमेद्धवारी दर्ता गराएका छन् । तनहूँ १ मा गठवन्धनको तर्फवाट नेपाली काँग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टिका स्वणीम वाग्लेले उमेद्धवारी दर्ता गराएका छन् । त्यसै गरि चिनतवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा गठवन्धनको तर्फवाट नेपाली काँग्रेसका जितनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने , राष्ट्रिय स्वतन्त्र पार्टिका रवि लामिछाने उमेद्धवारी दर्ता गारएको निर्वाचन आयोगले जनाएको छ । वारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा गठवन्धनको तर्फवाट जनता समाजवादीका उपेन्द्र यादव, नेकपा एमालेका पुरुशोत्तम पोडेल, राष्ट्रिय स्वतन्त्र पार्टिवाट रमेश खरेल,जनमत पार्टिबाट शिवचन्द्र कुशवाह र नागरिक उन्मुक्ति पार्टिवाट कमरुल्लाह अन्सारीले उमेद्धवारी दर्ता गराएका छन् ।
यसै विच प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नंं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा यही चैत १८ गते स्थापना भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयहरुमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गरिएको थियो । चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २४ जना, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नंं. १ मा ९ जना र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ३६ जना उम्मेदवारहरूले उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ । मनोनयन दर्ता गराउनेहरूमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र गरी जम्मा ६९ जना उम्मेदवार रहेको निर्वाचन आयोगका सहकयक प्रवक्त सुर्यप्रसाद अर्यालले वताए । निर्वाचन कार्यतालिका अनुसार आज उमेद्धवारहरु उप दावी विरोधको उजुरी दिन सकिने छ । उमेद्धवारहरु उपर परेका उजुरीहरु उपर छानविन गरि चैत्र २२ गते उमेद्धवारहरुको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।