पोखरा, भाद्र १५,
एउटै कम्युनिष्ट पार्टि वनाउने लक्षका साथ सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टि र संसदमा समेत प्रतिनिधित्व नभएको नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि मिलेर वनेको समाजवादी मोर्चाले समाजवादी मोर्चा गठनको आवश्यकता, औचित्य तथा समाजवादी मोर्चाले गर्ने काम र यसको निरन्तरताका साथै दिर्घकालिन लक्षका सम्वन्धमा आम जनतालाई जानकारी गर्ने उदेश्यले मधेश , लुम्विनी र कर्णाली प्रदेशमा सन्देश सभा गरिसकेको छ । यसैक्रममा मार्चाले शुक्रवार पोखरामा सन्देश सभा सम्पन गरेको छ । सन्देश सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव र जनता समाजवादी पार्टिका केन्द्रिय कार्यकारिणी सदस्य शिवलाल थापा लगायतका नेताहरुले संवोधन गरेका थिए । कास्की जिल्ला लगायत गण्डकी प्रदेशका ११ वटै जिल्लावाट ४ वटै पार्टिका नेता तथा अगुवा कार्यकर्ता सन्देश सभामा सहभागि हुन पोखरा आएका कारण पोखरा सभागृह सहभागिहरुले भरिभराउ भएको थियो । सभालाई संवोधन गर्ने क्रममा सवै जसो नेताहरुले मोर्चालाई समाजवादी क्रान्ति सम्पन्न गर्ने एउटै कम्युनिष्ट पार्टिको रुपमा विकास गरेर जानुपर्ने वताएका थिए । आपसी अन्तर विरोधहरुलाई थाती राख्ख्दै प्राप्त उपलव्धीको रक्षा गर्नका लागि समाजवादीहरु एउटै ठाँउमा हुनुको विकल्प नभएको उनिहरुले वताए ।
सभालाई संवोधन गर्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा सानो उदेश्य राखेर आवेगमा आएर नवनाएकोे वताए । समाजवादको निम्ति , नया अभियानको निम्ति एउटै रणनितीक लक्षका साथ समाजवादी मोर्चा वनाईएको प्रचण्डले वताए । सच्चा देश भक्तहरु , सच्चा क्रान्तिकारी कम्युनिष्टहरुलाई मोर्चामा सामेल गराएर एउटै कम्युनिष्ट पार्टि वनाउने उदेश्यका साथ समाजवादी मोर्चा वनाईएको भन्दै प्रचण्डले त्यसलेनै मुलुकमा समाजवादी क्रान्तिको नेतृत्व गर्ने वताए ।
अनियमितता तथा भ्रष्टाचारका फाईलहरु निर्ममताका साथ खोलिएको वताउदै यो अभियान सानो मनले , सानो विचारले र सानो उदेश्यले सञ्चालन गरिएको हैन भन्दै प्रचण्डले प्रहरीलाई सेक्युरिटि फोर्सलाई आफुले वाटोमा प्रचण्ड देखिएपनि नछोड्नु भनेको भन्दै दोषी छ भने कोही पनि चाहे माओवादी होस् चाहे काँग्रेस वा एमाले , समाजवादी जो सुकै होस् कोही पनि उम्कन नपाउने र निर्दोश कोही नपर्ने हिसावले काम गर्न निर्देशन दिईएको वताए । तलिता निवास जग्गा प्रकरणमा माधव नेपालको वारेमा के कसो हो भनेर थुप्रै प्रश्नहरु उठेको वताउदै प्रधानमन्त्री प्रचण्डले पहिलोचोटी माधव जीँ निर्दोश हो भन्ने औपचारिक रुपले सावित भएको भएको वताए । अव माधव जीको वारेमा कुनै प्रश्न उठाउने ठाँउ रहेन किनभने सिआईविले माधव नेपाल संग वयान लिएर उहाँ निर्दोश हो भनेर उहालाई मुद्धा चलाउन पर्दैन भनेर लेखेर दिएको छ । अव माधव नेपाललार्ई ललिता निवास जग्गा प्रकरणमा सधैका लागि टेन्सन नरहेको प्रधानमन्त्री प्रचण्डले वताए । आफुहरु एउटै समाजवादी मोर्चामा रहेकाले माधव नेपालको टेन्सन आफ्नो पनि टेन्सन भएको भन्दै माधव नेपाललाइ मात्रै हैन आफुलाई पनि टेन्सन हटेको प्रधानमन्त्री प्रचण्डले वताए । भ्रष्ट्राचार र अनियमितता विरोधी अभियान नरोकिने भन्दै सरकारले दृडताका साथ यो महाअभियानलाई अगाडि वढाईरहने प्रधानमन्त्रीले वताए ।
आफुले भारत भ्रमणका वेला गरेका उपलव्धीहरु र राम्रा कामहरु प्रतिपक्षले सुन्दै नसुन्ने, संसदमा होहल्ला गरेर वोल्नै नदिने काम गरेको भन्दै प्रधानमन्त्रीले गठवन्धन सरकारले राम्रो काम गरेकाले विरोधीहरुले गलत प्रचार गरेको वताए । आफु संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएपछि चिनको भ्रमणमा जाने वताउदै चिन भ्रमणका क्रममा भौतिक पूर्वाधारका विषमा, मुस्ताङको कोराला नाका खोल्ने , गोर्खाको रोविला नाका खोल्ने विषयमा संझौता हुने वताए । रसुवा नाकवाट क्रस वोर्डर ट्रान्स मिसन लाईन वनाएर ईनर्जी ट्रेड गर्ने हिसावले कुराकानी हुने, पोखरा र लुम्विनी अन्तराष्ट्रिय विमानस्थलवाट सिधै चाईनाका कतिपय शहरहरुमा उडान भर्ने वारेमा कुराकानी हुने र कृषि क्षेत्रसंग सम्वन्धित विषयमा संझौता हुने प्रधानमन्त्री प्रचण्डले वताए ।
सो कार्यक्रमलाई संवोधन गर्दै नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा समाजवादी मोर्चाका अध्यक्ष माधव कुमार नेपालले नेपाली समाजमा भएको विभेद शोषण र उत्पिडनलाई अन्त्य गर्न र नेपालमा समाजवादी क्रान्तिलाई अगाडि वढाउन समाजवादी मोर्चाको गठन भएको वताए । यो मोर्चा कसैको विरुद्धमा नभएको प्रष्ट पार्दै नेपालले देश र जनताको पक्षमा, परिवर्तनका पक्षमा र नेपाली जनताका पिर कमर्कालाई संवोधन गर्न गठन गरिएको नेपालले वताए । मुलुकका विभिन्न ठाँउमा मोर्चाले सन्देश सभाहरु आयोजना गरेको वताउदै यो मोर्चा केही पनि हैन यसका पछाडि जनता छैनन् भन्नेहरुलाई मोर्चाका कार्यक्रमहरुमा जनताको ठूलो मात्रामा भएको सहभागिता देखेर मोर्चाको औचित्य छैन भन्नेहरुले पसिना काड्ने गरेको नेता नेपालले वताए । देशको स्वभिमान माथि, राष्ट्रियता र राष्ट्रिय अखण्डता माथि कसैले आक्रमण गर्न खोज्यो भने मोर्चा चुप लागेर नवस्ने नेता नेपालले वताए । समाजवादी क्रान्तिको नेतृत्व गर्नका लागि समाजवादी मोर्चा वनाईएको नेपालले वताए । समाजवादी शक्तिहरु विश्वमा वलियो वन्दै गएको वताउदै कतिपय देशहरुमा कम्युनिष्ट पार्टिवाट राष्ट्रपति , प्रधानमन्त्रीहरु निर्वाचित भएको प्रसंङ्ग नेपालले उललेख गरे । सरकारका कामहरुको प्रशंसा गर्दै राम्रा काम गर्न कसैसंग डराउन नपर्ने वताउदै प्रधानमन्त्रीलाई कसैले सरकारले गरेका राम्रा कामहरुमा वाधा उत्पन्न गराउन खोज्दछ भने त्यस्तालाई जनताको विचमा ल्याएर नङ्गेझार पार्नुपर्ने वताए । समाजवादी मोर्चाले समाजवादी आन्दोलनका लागि सरकार, संसद तथा सडकवाट समेत संघर्ष गर्ने अध्यक्ष नेपालले वताए ।
कार्यक्रमका अर्का वक्ता नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपालको राजनितीक इतिहाँशमा यो मोर्चा विशिष्ठ र फरक उदेश्य लिएर गठन भएको वताए । परिस्थितीले फुटहरु पनि एकतामा आउने भन्दै विप्लवले समाजवादी मोर्चाको गठन संगै मुलुकमा एउटा नयाँ अध्यायको सूरुवात भएको वताए । यो परिवर्तनका र उपलव्धीका संवाहकहरु प्रचण्ड, माधव नेपाल र आफुहरु पनि भएको वताउदै विप्लवले यो परिवर्तन र उपलव्धीहरुलाई उल्टाउने षढयन्त्रहरु हुन लागेकोवेला परिवर्तकारीहरु र समाजवादीहरु एकै ठाँउमा आएको वताए । माओवादीहरु फुट्न मात्रै जानेका छैनन् जुट्न पनि जानेका छन् भन्दै विप्लवले यो मोर्चा गठन संगै कम्युनिष्ट पार्टिहरु विच एकताको सन्देश दिने वताए । हिजो जनताले तिरस्कार गरेका, क्रान्तिवाट पछारिएका शक्तिहरु विभिन्न हिसावले टाउको उठाउन खोजेको भन्दै विप्लवले यी उपलव्धीहरुको रक्षाका लागि पनि परिवर्त पक्षधरहरु एक हुनुपर्ने वताए । विदेशी साम्राज्यवादीहरुले नेपालको जमिनलाई अतिक्रमण गर्न थालेका ,नेपाललाई विदेशीको खेल मैदान वनाउन खोजेका संकेतहरु देखा परेको भन्दै विदेशीहरुको अभिष्ट कुनै पनि हालतमा पुरा हुन नदिईने र समाजवादी मोर्चा प्रतिक्रान्तिकारीहरु र विदेशी साम्रज्यवादहिरुको विरुद्धमा एक जुट भएर उनिहरुको षडयन्त्र परास्त गर्ने वताए । कार्यक्रमका अर्का वक्ता जनता समाजवादी पार्टिका कार्यकारिणी समितीका सदस्य शिवलाल थालाले दिर्घकालिन उदेश्य राखेर मोर्चा गठन गरिएको वताए । मोर्चाले पहिाचानको मुद्धा उठाउनुपर्ने वताउदै कोशी प्रदेश नामाकरण आफ्नो पार्टिलाई मन नपरेको वताए । पहिचानको आधारमा सरकारी कामकाजको भाषा अवलम्वन गरिनुपर्ने भन्दै थापाले जुन ठाँउमा जुन जातीको वाहुल्यता छ सो ठाँउमा उनिहरुको मातृ भाषलाई सरकारी कामकाजको भाषा वनाउनुपर्ने वताए । नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङको अध्यक्षतामा भएको सन्देश सभाको सञ्चालन नेकपा एकिकृत समाजवादी गण्डकी प्रदेशका कार्यवहाक अध्यक्ष श्रीनाथ वराल , स्वगत नेकपाका पोलिटव्यूरो सदस्य राजन सी र धन्यवाद जनता समाजवादी पार्टिका गोपाल गुरुङले गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।