पोखरा श्रावण १४,
नेकपा एकिकृत समाजवादीको स्थायी कमिटी, पोलिट व्यूरो र केन्द्रिय कमिटीका वैठकहरु स्थगित भएका छन् । सो पार्टिका उप महासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आवश्यक तयारी नपुगेकाले वैठक स्थगित गरिएको जानकारी दिए । एकिकृत समाजवादीले साउन १६ र १७ गते स्थायी समिति,१८ र १९ गते पोलिट व्यूरो र २० र २१ गते केन्द्रिय कमिटीको वैठक आव्हान गरेको थियो । वैठकहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको समेत खतिवडाले जानकारी दिए । सो पार्टिको साउन १५ गते सचिवालयको वैठक भने वस्ने भएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।