पोखरा पौष ४,
नेकपा (एकीकृत समाजवादी) ले पार्टीको केन्द्रीय नेताहरूको जिम्मेवारी टुंग्याएको छ ।

मंसिर २६ गतेदेखि सुरू भएको बैठकले मंगलबार सचिवालय गठनसँगै नेताहरूको कार्य विभाजनको टुंगो लगाएको भएपनि पार्टिको अपानी मार्फत नेताहरुको जिम्वेवारी सार्वजनिक गरिने सो पार्टिका उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । मंगलबार गठन गरेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष माघवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव र सचिव गरी २४ जना नेताहरु रहेका छन् त्यस्तै गरी महासचिवको नेतृत्वमा उपमहासचिवहरू सदस्य रहने गरी केन्द्रीय कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । साथै वैठकले विभागीय प्रमुख उपप्रमुख र प्रदेश इन्चार्जको समेत टुंगो लगाएको छ ।

पार्टीको संगठन विभाग प्रमुखमा वेदुराम भुसाल, पार्टी अनुगमन विभाग प्रमुखमा महासचिव घनश्याम भूसाल, प्रचार विभाग प्रमुखमा प्रकाश ज्वाला, विदेश विभाग प्रमुखमा प्रमेश हमाल, स्कुल विभाग प्रमुखमा झलनाथ खनाल, संघीय मामला प्रमुख जगन्नाथ खतिवडा, आर्थिक विभाग प्रमुख सोम पाण्डे, मोर्चा संगठन प्रमुख राजेन्द्र पाण्डे, अर्थ विभाग प्रमुख डा.विजय पौडेललाई तोकिएको छ । विद्याथीृ पाँटको ईन्चार्जमा राम कुमारी झाँक्रीलार्य तोकिएको छ ।

प्रदेश इन्चार्जहरूमा कोशीमा राजेन्द्र राई, मधेसमा धर्मनाथ प्रसाद साह, बागमतीमा डा.गंगालाल तुलाधर, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा मेटमणी चौधरी, कर्णालीमा चन्द्रबहादुर शाही र सुदूरप्रदेशको इन्चार्जमा भानुभक्त जोशी रहेका छन् ।

जिल्ला इन्चार्ज, सह–इन्चार्ज र अन्य जिम्मेवारी टुंग्याएको भए पनि त्यसलाई २ दिनपछि मात्रै बाहिर ल्याउने पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए
त्यस्तै एकीकृत समाजवादीको बैठकले पार्टीलाई जनतासँग जोड्न र जनताका दैनिक समस्या पहिचान गरेर जनसंघर्ष वा आन्दोलन गर्ने निर्णय पनि गरेको छ। पार्टीले जनसंघर्षको कार्यक्रम तयार गरेर सार्वजनिक गर्ने खतिवडाको भनाइ छ ।त्यसैगरी बैठकले कुनै पनि कम्युनिस्ट पार्टीसँग एकता नगर्ने निष्कर्ष निकालेको छ। तर एजेन्डाका आधारमा सहकार्य गर्न सक्ने विकल्प भने खुलै राखेको सो पार्टीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।