नेकपा एमालेका तर्फबाट कास्की १ का प्रतिनिधिसभा उम्मेदवार मनबहादुर गुरूङले देशमा विकास निर्माण गर्ने एक मात्र पाटी एमाले भएको बताएका छन् । अग्रगामी राष्ट्र निर्माणको लागि एमाले पार्टीको विकल्प नभएको बताउँदै उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई बहुमत दिएर पहिलो पाटी बनाउन सबै मतदातामा अनुरोध गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले वडा कमिटी पोखरा २६ ले आयोजना गरेको उम्मेदवार भेटघाट कार्यक्रममा उनले व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्थामा परिवर्तन नभएकोले अवस्था परिवर्तनका लागि एमालेलाई मत दिनुपर्नेमा जोड दिए । यस्तै कास्की क्षेत्र नम्बर १ (क) का प्रदेश सभाका एमाले उम्मेदवार खगराज अधिकारीले सुकुम्वासीको समस्या समाधानमा एमाले पाटी कटिवद्ध भएर लाग्ने बताए ।
एमाले कास्की निर्वाचन क्षेत्र नम्वर ३ मा एमालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटिको सम्पर्क कार्यालयको स्थापना गरिएको छ । सो कर्यालयको उद्घाटन गर्दै नेकपा एमालेका पोलिव्युरो सदस्य एवं पुर्व खेलकुदमन्त्री जगत विश्वकर्माले नेपालको सिङ्गो राष्ट्र निर्माण र विकासको अभियानमा लाग्ने पाटी एमाले भएकोले मङसिर ४ गते हुने निर्वाचनमा सुर्य ध्वजावाहाक उम्मेदवारहरूलाई जिताउनुपर्ने जोड दिएका छन् । उनले मतदाताका घरआँगनमा पुगि पाटीले गरेका विकास निर्माणका कामको बारेमा जानकारी गराउँदै पाटीका भावी एजेन्डा बोकेर मत माग्नु पर्ने वताए ।
कार्यक्रममा नेकपा एमाले पालिटब्यूरो सदस्य सीता गिरी ,केन्द्रिय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापा, कास्की ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दामोदर पौडेल बैरागी, कास्की निर्वाचन क्षेत्र न ३ (१) प्रत्यासी उम्मेदवार गणेशमान गुरूङ, त्यसै गरी ३ (२) का उम्मेदवार राजिव पहारी लगायतले बोलेका थिए ।