पोखरा जेष्ठ,२४,
नेकपा एमालेले ७० वर्षे उमेर हदलाई रद्ध गर्दै नेताहरुको जिम्वेवारीमा व्यापक हेरफेर गरेको छ । एमालेमा अव पदाधिकारी तथा केन्द्रिय सदस्य हुन ७० वर्षे उमेरहदले कुनै पनि वाधा नहुने भएको छ । हालै सम्पन्न एमालेको सचिवालय वैठकले उमेरहदलाई रद्ध गर्दै नेताहरुको जिम्वेवारीमा फेरवदल गरेको हो । जस अनुसार स्थायी कमिटीका केही सदस्यहरुलाई जिल्ला ईञ्चार्ज तोकिएको छ भने पोलिटव्यूरो र केन्द्रिय सदस्यहरुले पनि जिल्ला ईञ्चार्जको जिम्वेवारी प्राप्त गरेका छन् अधिकाशं केन्द्रिय सदस्यहरुलार्ई पालिकाको ईञ्चार्ज वनाईएको छ । एमाले उप महासचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङको जिम्वेवारी खोसीएको छ । निक्कै महत्वपूर्ण बिभागहरु मध्येको मानिने प्रचार तथा प्रकाशन विभागमा रहेका गुरुङको जिम्वेवारी स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई दिईएको छ । गुरुङलाई संसदीय विभागमा थन्क्याईएको छ । त्यसै गरि पार्टिको अत्यन्तै महत्वपूर्ण बिभाग समालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीको संगठन बिभागको जिम्वेवारी पनि खोसेर उनलाई सहकारी तथा गरीवी निवारण बिभागको जिम्वेवारी दिईएको छ । स्थायी कमिटी सदस्य किरण गुरुङलार्ई संघिय मामिला तथा समान्य प्रशासन विभागको प्रमुख वनाईएको छ । नेकपा एकिकृत समाजवादीवाट एमालेमा प्रवेश गरेका मुकुन्द न्यौपानेलार्ई उद्योग व्यवसाय विभागको इञ्चार्ज वनाईएको छ । त्यसै गरि चुडामणी जंगलीलाई पेशागत महासंघको ईञ्चार्ज वनाईएको छ ।
नयाँ जिम्वेवारी अनुसार स्थायी कमिटी सदस्य थममाया थापालाई कास्की जिल्लाको ईञ्चार्ज वनाईएको छ । जिल्ला तहकै मान्यतामा रहेको पोखरा महानगरपालिकाको ईञ्चार्जमा यस पटक मात्रै केन्द्रिय सदस्यमा निर्वाचित कृष्ण थापालार्ई जिम्वेवारी दिईएको छ । पोलिट व्यूरो सदस्य जगत विश्वकर्मालाई वाग्लुङको ईञ्चार्ज, विद्याा भट्टराईलाई वुद्धिजिवी फाँटको ईञ्चार्ज र भिम कार्कीलार्ई भूमी ब्यवस्था बिभागको जिम्वेवारी दिईएको छ । राजीव पाहारीले अन्नपूर्ण र माछापुच्छ«े गाँउपालिकको ईञ्चार्जका साथै प्रदेशको प्रचार विभागको संयोजन गर्ने जिम्वेवारी पाएका छन् । वालासिंङ काउछा मगरलार्ई मनाङ जिल्ला ईञ्चार्ज, मञ्जु गुरुङलार्ई रुपा र मिना गुरुङलाई मादी गाँउपालिकको ईञ्चार्ज वनाईएको छ ।

एमालेले २०७८ असोजमा सम्पन्न विधान अधिवेसनवाट ७० वर्षे उमेरहद कायम गरेको थियो । तर हालै सम्पन्न सचिवालय वैठकले पार्टिको विधान महाधिवेसनले गरेको निर्णय उल्ट्याउदै पार्टि पदधिकारी तथा केन्द्रिय सदस्यहरुका लागि ७० वर्षे उमेरहद हटाएको छ । अध्यक्ष ओली लगायत उपाध्यक्षहरु ईश्वर पोखरेल, युवराज ज्ञावाली, र अष्ठलक्ष्मी शाक्य ७० वर्ष आसपास पुगेका छन् । भर्खरै नेकपा एकिकृत समाजवादीवाट नेकपा एमालेमा प्रवेश गरेका मुकुन्द न्यौपानेलाई केन्द्रिय सदस्य वनाउनका लागि ७० वर्षे उमेरहद हटाईएको वतार्ईएको भएपनि अध्यक्ष ओली लगायतका अन्य नेताहरुलाई मद्यनजर गर्दै यो प्रावधान हटाईएको देखिन्छ । एमालेको यो निर्णय संगै एमाले संग असन्तुष्ठ हुदै अलग्गै वसेका नेता बामदेव गौतम समेत एमालेमा जान सुरसार गरेको वताईएको छ । एमालेको यो निर्णयसंगै नेतृत्वमा युवा नेताहरुको आगमनलाई केही वर्षका लागि पूर्ण विराम लगार्ईदिएको छ । एमालेका युवा नेताहरु जो राजनितीमा युवाहरुको प्रवेश र नेतृत्वमा हस्तक्षेपकारी भूमिकाको कुरा गर्दथे उनिहरु पनि निरीह देखिएका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।