पोखरा,
मंसीर ४ गतेको निर्वाचन नजिकीदै गर्दा बिभिन्न राजनितीक दल सम्वद्ध उमेद्धवारहरु जनताका घरदैलोमा मत माग्न जाने क्रम वढेको पार्ईएको छ ।यसै क्रममा कास्की जिललाका प्रतिनिधि सभाका ३ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाका ६ वटा निर्वाचन क्षेत्रमा उमेद्धवारहरु क्षेत्रगत हिसावले जनताका घरदैलोमा पुगेका छन् । उनिहरुले जनतासंग विगतमा हुन नसकेका कामहरु गर्ने भन्दै जनतालाई आश्वस्त पार्न खोजेको देखिएको छ ।
यसै क्रममा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सहितको गठवन्धनका उमेद्धवारहरुले विहिवार र शुक्रवार पोखरा ३३ र शनिवार पोखरा २० भलाममा घरदैलो गरेको संयुक्त चुनाव प्रचार प्रसरा समिति क्षेत्र नं २ का सभापति केशर निदोशीले जानकारी दिएका छन् । घरदैलो कार्यक्रम अन्तर्ग शनिवार पोखरा २० भलाममा कोणसभा सम्पन्न भएको छ । उक्त सभालाई सम्बोधन गर्दे नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विकासप्रेमी जनताका अपेक्षा पुरागर्ने काम आफूहरुबाट मात्र सम्भव रहेको बताएका छन् । उनले पाँच दलीय गठबन्धन देशको समृद्धिका लागि बनेको बताए । एकथरी कुरा गर्ने र काम अर्कोथरी गर्नेहरुबाट अब जनताको अपेक्षा पुरा नहुने उनको भनाई थियो ।
जननेता मदन भण्डारीको असली अनुयायी आफू रहेको उल्लेख गर्दै उनले एमालेमा मदन भण्डारीको नाम जप्ने तर उनले प्रतिपादन गरेको सिद्धान्त विरोधी काम हुन थालेपछि विद्रोह गर्नुपरेको स्पष्ट पारेका थिए जनताको अभिमत खण्डित गर्ने र संविधानलाई कुल्चने काम भयो । आफुहरुले धेरै पटक सच्याउने प्रयास गरेपनि एमाले नेतृत्व नसच्एिपछिे विद्रोह गर्नुपरेका वताए । उम्मेदवार बरालले वडाका बासिन्दाले भोग्नुपरेका बाटोघाटो र खानेपानी लगायतका समस्याका बारेमा आफू जानकार रहेको र ती समस्यालाई महानगर र प्रदेश सरकारसंग मिलेर समाधान गर्ने बताए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।