पोखरा असोज, १९,
नेकपा एमाले गण्डकीको प्रथम अधिवेसनवाट अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । नेकपा एमालेको सो अधिवेसनमा अध्यक्ष देखि सदस्य सम्म र लेखा समितिमा समेत दुईवटा समूहले अलग अलग प्यानल वनाएर चुनाव लडेका थिए । अधिवेसनमा एमालेका उप महासचिव पृथ्वी सुव्वा गुरुङको समूहले एकलौटी रुपमा चुनाव जितेको छ । भने महासचिव शंकर पोख्रेलको समेत समर्थन रहेको खगराज अधिकारीको समूहले लज्जास्पद हार वेहोरेको छ । अधिवेसनवाट पिएस समूहका नवराज शर्मा ५३१ मत ल्याई निर्वाचित हुँदा अधिकारी समूहका मायानाथ अधिकारी जो एमालेको केन्द्रिय सदस्य समेत रहेका थिए उनले जम्मा ३६५ मत ल्याए । उपाध्यक्षमा लगायत पदाधिकारीमा सवै पिएस समूहका नेताहरु निर्वाचित भए । उपाध्यक्षमा निर्वाचित मिनप्रसाद गुरुङले ५४३,सचिवमा निर्वाचित धनञ्जय दवाडीले ५२०, उप सचिवमा निर्वाचित दाम वहादुर विकले ४९९ र अर्का उप सचिवमा निर्वाचित मञ्जु अधिकारीले ५३१ मत प्रप्त गरिन् । अधिवेसनवाट पराजित भएका खगराज समूहका उपाध्यक्षका उमेद्धवार वावुराम विकले ३६२, सचिव रश्मी आचार्यले ३६७, उप सचिव सन्तोष रावलले ३९७ रअर्का सचिव मिना गुरुङले ३६५ मत प्रप्त गरेकी थिईन् । अधिवेसनमा अधिकांश सदस्य पिएस समूहवाट निर्वाचित भएका छन् भने केही सदस्यहरु दुवै समूहमा नाम भएकाहरु निर्वाचित भएका छन् । लेखा समितिको अध्यक्षमा अमृत प्रसाद ज्ञावाली र उपाध्यक्षमा शिवहरि पौडेल निर्वाचित भएका छन् ।
यो अधिवेसनवाट गण्डकी प्रदेशमा निर्वातमान खगराज अधिकारीको समूह उठ्नै नसक्ने गरि पछारिएको छ । भने पृथ्वी सुव्वा गुरुङको समूह शक्तिशाली देखिएको छ । गण्डकी प्रदेशको प्रथम अधिवेसनमा एमालेमा देखिएको गुटवन्दीले एमालेमा प्रष्टसंग दुई चिरा देखिएको छ । नेकपा एमालेका उप महासचिव तथा गण्डकी प्रदेशका प्रथम मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ पार्टिमा नरमपन्थी नेताको रुपमा चिनिन्छन् । एमाले विभाजनको वेलामा पनि गुरुङले विभाजनलाई रोक्न आफ्नो हिसावले निक्कै प्रयत्न गरेका थिए भने वेलावेलामा गुरुङले एमालेवाट विभाजित भएर वनेको नेकपा एकिकृत समाजवादी पार्टिसंग पार्टि एकिकरण हुनसक्ने आशयका अभिव्यक्ति दिदै आएका छन् । गुरुङ र अधिकारी दुवै अध्यक्ष ओलीका पृय पात्र भएपनि अधिकारी निषेधको राजनिती गर्ने कडा स्वाभावका नेता हुन् भने गुरुङ सवैलाई मिलाएर लैजानुपर्दछ भन्ने विचार वोक्ने नेता हुन् । गण्डकीको अधिवेसनमा गुरुङ समूहलाई सचिव पद्मा अर्याल र स्थायी समिती सदस्य किरण गुरुङ लगायतको साथ रहेको छ । यो निर्वाचन पछि गण्डकीमा गुरुङ थप शक्ति आर्जन गरेर शक्तिशाली वनेका छन् भने अधिकारी रक्षत्मक देखिएका छन् ।

१ प्रतिक्रिया

  1. एमालेबाट फुटेर माधवनेपाल ले समाजबादी पार्टी खोले पछि त अब एमालेमा गुटको अन्त्य भयो भन्न सुनेको थिए तर गुट त जिउदै रहेछ त खासमा गुट कसले चलाएका रहेछन बुझ्ने धोको अधुरै रहने भयो।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।