पोखरा भाद्र ९,
नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी निकट कलाकारहरुको संस्था राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादी गण्डकी प्रदेश समिति र कास्की जिल्ला समितीको संयुक्त आयोजनामा शुक्रवार पोखरामा प्रतिभा प्रष्फुटन तथा विबिध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अन्तगर्त प्रतियोगितात्मक एकल तथा सामूहिक नृत्य तथा गायन प्रतियोगिता समेत गरिएको थियो । कार्यक्रमको उद्धघाटन नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक कार्यक्रमका विच गरेका थिए । सो अवसरमा मन्तव्य ब्यक्त गर्दै आचार्यले हरेक राजनितीक परिवर्तनहरुमा कलाकारहरुको महत्वपूर्ण भूमिका रहेको वताउदै समाज परिवर्तनमा कलाकारहरुले खेलेको भूमिका प्रशंसनीय रहेको वताए । गित संगित र मनोरञ्जनको माद्यमवाट समाजमा चेतना फैलाउने कलाकारहरु राष्ट्रका सम्पत्ति भएको वताउदै प्रमुख आचार्यले पोखरा महानगरपालिकाले कलाकारहरुको भूमिकाको उचित सम्मान गर्ने वताए । नृत्य प्रतियोगितामा राम्रो गर्न सक्ने उत्कृष्ठ २ जना कलाकारहरुलाई चिनको युनान प्रन्तमा हुने कार्यक्रममा लैजाने आश्वासन समेत प्रमुख आचार्यले दिए । राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीका गण्डकी प्रदेश अध्यक्ष पदम वहादुर वस्ताकोटी ( प्रज्वल)को अध्यक्ष्तामा भएको कार्यक्रममा नेकपा एकिकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमालले पनि शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रमकै अवसरमा नेकपा एमाले समिर्थित जनसांस्कृतिक महासंघमा आवद्ध र अन्य पार्टिहरुवाट समेत गरि ३५ जना कलाकार नेकपा एकिकृत समाजवादी निकट राष्ट्रिय जनसांस्कृतिक महासंघमा प्रवेश गरेको राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादी कास्कीका अध्यक्ष राजेन्द्र पोखरेलले जानकारी दिए । यसरी प्रवेश गर्नेहरुमा चन्द्र क्षेत्री, सविना गुरुङ, नेत्र पराजूली ,देवी गौतम, निर्मल मगर, माया श्रीपाली, शान्ति परियार , मिना पोखरेल, पुष्पा परियार,अजय सुनार लगायत रहेका छन् । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य एवं पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खादा र अविर लगाएर स्वागत गरेका थिए । कार्यक्रम अन्तर्गतको एकल गायन तथा नृत्य प्रतियोगितामा ४१ जना सहभागि भएका थिए । सहभागिहरु मध्ये एकल गायन तर्फ प्रथम ललित घर्ति मगर, द्धितिय सपना विक, तृतिय समिर पुन र सान्तवना माया श्रीपाली भएका छन् । त्यसै गरि तृत्य तर्फ प्रथम अमिर पुन मगर, द्धितिय सविना परियार, पवित्रा गुरुङ र सान्तवना दिपिका सेवा भएकी छन् । उक्त कार्यक्रमको सञ्चालन राष्ट्रिय जनसांस्कृतिक महासंघ कास्कीका अध्यक्ष राजेन्द्र पोखरल र स्वागत केन्द्रिय सचिव राजु अर्यालले गरेका थिए ।