पोखरा ,आषाढ २१,
राष्ट्रिय परिक्षा वोर्डले २०७९ सालमा लिईएको माद्यमिक शिक्षा परिक्षा (एस ई ई) को नतिजा सार्वजनिक गरेको छ । यस वर्ष कूल ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएकोमा सवै भन्दा धेरै अर्थात १ लाख २ हजार २ सय ९३ विद्यार्थी २ देखि २.४ जिपीए ल्याएर उत्रिर्ण भएका छन् प्रतिशतको हिसावले यो २१. ९ प्रतिशत हो । भने सवै भन्दा कम अर्थात २ हजार २ सय विद्यार्थीले ०.८० देखि १. २० ल्याएका छन् । सवै भन्दा माथिल्लो लेवल ३.६ देखि ४ सम्म ल्याउने विद्यार्थी २२ हजार ४ सय ७५ रहेका छन् प्रतिशतको हिसावले यो ४ . ६३ प्रतिशत हो । ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ । एसईईमा १.६ देखि २.० जीपीए ल्याउनेको संख्या ८८ हजार ४सय ४७, १.२० देखि १.६० जीपीए ल्याउने ३८ हजार ७सय ७० रहेको राष्ट्रिय परिक्षा वोर्डले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।