पोखरा चैत्र १४,
प्रहरीले काठमाण्डौको वुढानिलकण्ठवाट २ अर्ब ९६ लाख रुपैयाँभन्दा बढी रकमको अनलाइन जुवा (सट्टाबाजी) खेल्ने÷ खेलाउने तथा अभौतिक मुद्राको कारोबार गर्ने ११ जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ । यही चैत्र १२ गते अन्दाजी साँझ ५.१५ बजेको समयमा काठमाडौं जिल्ला, बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ देउला टोलमा रहेको एक घर भाडामा लिई भारतीय नागरिकहरुले अनलाइन जुवा (सट्टाबाजी) खेल्ने÷खेलाउने कार्य गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी उक्त स्थानमा पुगेको थियो । प्रहरी टोलीले अनलाइन जुवा खेलिरहेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गदा उनिहरुले २ अर्व रुपैयाँ भन्दा बढी रकमको कारोवार हुनेगरी अनलाईन जुवा (सट्टेबाजी) खेल्ने÷खेलाउने कार्य गरेको र ९६ लाख ३३ हजार भन्दा बढी रकम बराबरको अभौतिक मुद्रा (ऋचथउतय ऋगचचभलअथ) को कारोबार समेत गरेको देखिन आएकोले प्रहरीले जनाएको छ । उनिहरुलाई काठमाडौ जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप गरि अन्य अनुसन्धानको काम भर्यरहेको प्रहरीले जनाएको छ ।

यसरी पक्राउ पर्नेहरुमा भारतको राजस्थान प्रदेश जयपुर जिल्ला घर भई हाल काठमाण्डौको. बूढानिलकण्ठ नगरपालिका वडा नं.३ देउला टोल बस्ने वर्ष २४ का सनी मिणा,
भारतकै राजस्थान प्रदेश आलुवा जिल्ला घर भई काठमाण्डौको बूढानिलकण्ठ नगरपालिका वडा नं.३ देउला टोल बस्ने वर्ष २५ को मोहित वर्मा,
भारत राजस्थान प्रदेश शिक्कर जिल्ला घर भई काठमाण्डौको. बूढानिलकण्ठ नगरपालिका वडा नं.३ देउला टोल बस्ने वर्ष २६ को पिउस भारद्वाज,
भारतकै राजस्थान प्रदेश जयपुर जिल्ला घर भई काठमाण्डौको. बूढानिलकण्ठ नगरपालिका वडा नं.३ देउला टोल बस्ने वर्ष २५ को हरकेश डडैया,
भारतको राजस्थान घर भई काठमाण्डौको. बूढानिलकण्ठ नगरपालिका वडा नं.३ देउला टोल बस्ने वर्ष २२ को निशांत भारद्वाज रहेका छन् अन्य ६ जना पनि भारतकै राजस्थान घर भई हाल काठमाण्डौको. बूढानिलकण्ठ नगरपालिका वडा नं.३ देउला टोल वस्ने रहेका प्रहरीले जनाएको छ ।
उनिहरुको साथवाट प्रहरीलविभिन्न कम्पनीको मोवाईल फोन ३४ थान, विभिन्न कम्पनीको ल्यापटप ५ थान,हिसाबकिताबको अभिलेख राखिएको नोट बुक (कापी) ४ थान, भारतीय बैंक खाताको चेक बुक १४ थान, भारतीय ब्त्ः कार्ड २७ थान र भारतीय सिमकार्ड – ४० वटा वरामद गरेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।