पोखरा ,चैत्र ३,
कलाकार दुर्गा वराललाई पोखरामा रथारोहण गरिने भएको छ । बात्सायन साहित्यीक नामले चिनीने कलाकार दुर्गा वरालले काटुर्न मार्फत समाजमा भएका विकृती विसंगती, राजनितीक क्षेत्रमा देखिएका अकरमण्र्यतालाई उजागर गर्दै आएका छन् । पोखरा महानगरपालिका वडा नं १३ स्थित आर्वामा जन्मेका कलाकार वराल हाल पोखरा ३ स्थित नदिपुरमा वस्दै आएका छन् । दुर्गा वरालले कान्तिपुर दैनिक पत्रिकामा कोरेका कार्टुनले वेला वेलामा बहुतै चर्चा पाउने गरेको छ । चैत्र ५ गते ८१ वर्ष पप्रवेश गरेका वराललाई ८१ वर्ष प्रवेशको अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा पोखराका साहित्यिक र वाङ्मयिक संस्थाहरुले नागरिक अभिनन्दन तथा रथारोहण गर्ने पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिएका छन् ।
सानै उमेरमा धुलीमाटीमा औंलाले चित्र बनाउनेदेखि अहिलेसम्म चित्रकारितामा सक्रिय भई वरालले नेपाली चित्रकारितालाई अतियथार्थवादी धारमा डो¥याउन अतुलनीय योगदान रहेको छ । राजधानी काठमाडौं बस्न छाडेर जन्मभूमि पोखरालाई कर्मथलो बनाएर देशविदेशसम्मै चम्किनुभएका कलाकार बराल पोखरा र यो देशकै अमूल्य रत्न रहेको र वरालको अभिनन्दन गर्ने अवसर पोखरेली युवा सांस्कृतिक परिवार र यहाँका साहित्यक तथा वाङ्मयिक संस्थाहरुका निम्ति सौभाग्य भएको अध्यक्ष पौडेलले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।
चैत ५ गते शनिवार कलाकार बरालकै निवास पोखरा ३ नदीपुरबाट सुरु भई विन्ध्यवासिनी मन्दिर परिसरको सभाकक्ष पुग्ने रथारोहणमा सम्पूर्ण पोखरेलीजनलाई पोखरेली युवा सांस्कृतिक परिवारले अनुरोध गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।