पोखरा , पौष ६,
नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टि सभापति एवं प्रधानमन्त्री शेर वहादुर देउवा निर्वाचित भएका छन् । आज विहान भएको निर्वाचनमा ६४ मत ल्याउदै देउवा संसदीय दलको नतामा चयन भएका हुन् । संसदीय दलको नेताका लागि सभापति देउवालाई टक्कर दिएका महामन्त्री गगन थापाले २५ मत ल्याएका छन् । प्रतिनिधि सभामा नेपाली काँग्रेसका ८९ सांसद रहेका छन् । संसदीय दलको नतानै प्रधानमन्त्री वन्ने भएकाले काँग्रेसको यो संसदीय दलको निर्वाचनलाई निक्कै महत्वका साथ हेरिएको थियो । काँग्रेसमा पुस्तान्तरणको मुद्धालाई अगाडि वढाउदै सभापति शेर वहादुर देउवाको विकल्प वनेर अगाडि आएका गगन थापाले देउवालार्ई जित्न भने सकेनन् । नेपाली काँग्रेसमा अझै पनि संस्थापन पक्ष वलियो रहेको र प्रतिनिधि सभाका सदस्यहरुमा पनि संस्थापन पक्षको दवदवा रहेको यो निर्वाचनले पुष्टि गरेको छ । शेर वहादुर देउवालार्ई संसदीय दलको निर्वाचनमा पराजित गर्ने प्रचार गरेको संसथापन ईतर समूहको पार्टि भित्रको हैसियत कति रहेछ भन्ने पनि यो निर्वाचनले देखाईदिएको छ ।
नेकपा एमाले माओवादी केन्द्र लगायतका अन्य पार्टिहरुमा सर्व सम्मत रुपमा संसदीय दलको नेता चयन भएको भएपनि नेपाली काँग्रेसमा सभापति देउवालाई चुनौती दिने हिसावले सुरुदेखिनै शेखर कोईरालाको समूहले दवाव वढाउदै लगेको थियो । उक्त समूहमा डा. शेखर कोईराला र गगन थापा दुवै संसदीय दलको नेताका आकाक्षी थिए । संसदीय दलको नेतामा विजयी हुन नसकेपनि अहिले जो संसदीय लदलको नता वन्छ त्यो नै उक्त समूहको भावी सभापति हो भन्ने वुझाई उक्त समूहमा रहेको थियो । तर महामन्त्री विश्वप्रकाश शर्मा, उप सभापति धनराज गुरुङ, नेता चन्द्र भण्डारी लगायतको अनुरोध पछि आगामी महाधिवेसनमा गगनले शेखरलाई सभापतिमा सघाउने भद्र सहमती पछि डा. शेखर गगनलार्ई संसदीय दलको नेताको उमेद्धवार वनाउन राजी भएका थिए ।
यो निर्वाचन पछि अव काँग्रेसमा पार्टि सभापति शेर वहादुर देउवालार्ई प्रधानमन्त्रीका लागि मार्ग प्रसस्त भएको छ । तथापि देउवाका अगाडि गठवन्धनका दलहरु नेकपा माओवादी केन्द्र लगायतका अन्य दललाई बिश्वासमा लिएर सरकार गठन गर्ने चुनौती भने वाँकीनै रहेको छ ।