पोखरा जेष्ठ,१७,
काठमाण्डौबाट बेनी तर्फ जाँदै गरेको बा ५ ख २८५ नं.को बस आज विहान ०३.४० वजे कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं. १ लेवाडमा दुर्घट्ना हुँदा उक्त बसमा सवार १३ जना मध्ये ८ जना घाईते भएका छन् । दुर्घट्नाको खवर थाहा पाउने वित्तिकै प्र.चौ.नौडाँडाबाट खटिएको प्रहरी टोलीले घार्यते हरुको उद्धार गरेको थियो । यसरी घाईते हुनेहरुमा वसका चालक पर्वत जिल्ला जलजला गा.पा. वडा नं.८ बस्ने बर्ष ३६ को बल बहादुर फगामी मगर ,म्याग्दी जिल्ला मालिका बस्ने बर्ष ३९ को टक बहादुर कामी ,म्याग्दी जिल्ला मंगला गा.पा.१ निस्कोट बस्ने बर्ष ४५ को प्रेम पुन ,सोही ठाँउ बस्ने बर्ष ५७ को तिलक शर्मा , म्याग्दी जिल्ला घर बताउने बर्ष २५ की रञ्जना हमाल , म्याग्दी जिल्ला मालिका दरबाङ बस्ने बर्ष १५ की सबिता श्रीपाली, म्याग्दी जिल्ला मंगला गा.पा.१ सिमह बस्ने बर्ष ५७ की हरी के.सी. र म्याग्दी जिल्ला मालिका गा.पा. ६ दरबाङ बस्ने वर्ष १७ को भिमसेन अधिकारी रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको पोखराका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको कास्की प्रहरीले जनाएको छ ।