पोखरा माघ १२,
नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेका तथा बिभिन्न ब्यक्तिहरुको स्मृतिमा उनको परिवारजनद्धारा स्थापना गरिएका विभिन्न पुरस्कारवाट आज नेपाल पत्रकार महासंघ कास्कीको सभाकक्षमा अयोजित सम्मान समारोहमा ७ जना पत्रकार सम्मानित भएका छन् । स्व पत्रकार गजेन्द्र भण्डारीको स्मृतिमा उहाँको परिवारवाट स्थापित स्व गजेन्द्र भण्डारी सिर्जनसिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ वाट पत्रकार कुलचन्द्र न्यौपाने र २०८० वाट पत्रकार ओम हमाल, त्यसै गरि आर्थिक पत्रकारिता पुरस्कार २०७९वाट पत्रकार टंक अधिकारी र ८० वाट पत्रकार दिननाथ वराल, स्व टंकादेवी तुलसी प्रसाद स्मृति पत्रकारिता पुरस्कार २०७९वाट पत्रकार सन्देश श्रेष्ठ र २०८० वाट पत्रकार प्रकाश ढकाल र स्व. जगन्नाथ सिग्देल युवा प्रोत्साहान पुरस्कारवाट पत्रकार कृपा भण्डारी सम्मानित भएका छन् । उनिहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे , नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, प्रेस स्वतन्त्रता सेनानी लगायत अग्रज पत्रकारहरुले नगद, दोसल्ला माला तथा अविले सम्मान गरेका थिए ।
स्व पत्रकार गजेन्द्र भण्डारीको स्मृतिमा उहाँको परिवारजनले स्थापना गरेको गजेन्द्र भण्डारी रष्ट्रिय पत्रकारिता पुरस्कारको राशी २५ हजार रहेको छ त्यसै गरि आर्थिक पत्रकारिता पुरस्कारको राशी २० हजार रहेको छ त्यसै गरि स्व. टंकादेवी तुलशी प्रसाद स्मृति पत्रकारिता पुरस्कारको राशी २० हजार १ सय ११ रहेको छ । पोखराका पहिलो पत्रकार स्व. जगन्नाथ सिग्देलको स्मृतिमा उहाँकी छोरी जगदम्विका सिग्देलले स्थापना गरेको जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरसकारको राशी २० हजार ५ सय ५५ रहेको छ ।
सम्मान कार्यक्रम पछि मन्तव्य ब्यक्त गर्दै मुख्यमन्त्री पाण्डेले फेक पत्रकारिताले गर्दा मेन स्ट्रिम पत्रकारितालाई ठूलो च्यालेञ्ज आएको वताए । पछिल्ला दिनहरुमा आउदा पत्रकारिता प्रति मानिसको हेर्ने दृष्टिकोण के छ यसको विश्वसनियता कति छ भन्ने कुरा वुझेर त्यो विश्वसनियता सञ्चार माद्यमले कायम राख्नुपर्ने मुख्यमन्त्री पाण्डेले वताए । फेक पत्रकारिता, फेसवुक र युटुववाट आउने पत्रकारिताले मानिसलाई एकैचोटी पातालमा र एकैचोटी आकाशमा पु¥याईदिने गरेको भन्दै पुख्यमन्त्रीले समाजले त्यो कुराको अपेक्षा नगरेको वताए । पहिला पहिला पत्रकारले लेखेर जनमत वन्थ्यो अहिले फेसवुकमा आएका कुराहरुले जनमत वन्ने अवस्था रहेको भन्दै त्यस्ता कुरालाई सञ्चार क्षेत्रले चिर्न सक्नुपर्ने मुख्यमन्त्री पाण्डेले वताए ।
गण्डकी प्रदेशमा मिडिया बिधेयक संसदमा प्रस्तुत भईसकेको भन्दै समितिवाट छलफल गरेर हाउसमा गईसकेकाले अवको हिउदे अधिवेसनमा मिडिया विधेयक पारित हुने मुख्यमन्त्रीले वताए । पत्रकारहरुसंग छलफ गरेर आएका विषयहरुमा तल माथि नहुने गरि मिडिया विधेयक पास हुन लागेको भन्दै मुख्यमन्त्रीले यसमा कुनै पनि प्रकारको आशंका नगर्न अनुरोध गरे ।प्रेस रजिष्टार वन्नलाई १५ वर्ष पत्रकारिता गरेको पत्रकारिता क्षेत्रकै ब्यक्ति हुने भएकाले प्रेस रजिष्टार नियुक्त नभईञ्जेल सम्म खवरदारी गरिरहन पत्रकारहरुलाई आग्रह गरे । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा सम्पन कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता पंगेनी तिम्सिना, सम्मानित सवै पत्रकारहरुको तर्फवाट पत्रकार कुलचन्द्र न्यौपाने , पुरस्कारदाताहरुको तर्फवाट सन्तोष भण्डारी, सुवर्ण कोईराला र शोभाकान्त सिग्देलले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष कृष्णप्रसाद वास्तोलाले सम्मानति पत्रकारहरु र पुरस्कारहरुको वारेमा प्रकाश पारेका थिए । कार्यक्रममा कास्की शाखाका उपाध्यक्ष राम प्रसाद तिमिल्सिनाले धन्यवाद र सचिव माधव वरालले कार्यक्रमको सञ्चालन गरेका थिए ।