पोखरा मंसीर ६,
कास्की जिल्लाका प्रतिनिधि सभाका ३ वटा निर्वाचन क्षेत्रको मतगणना भईरहेको छ । हाल सम्म निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार क्षेत्र नं १मा एमाले र २ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टि अगाडि रहेका छन् । प्रदेश सभा तर्फ भने दुई वटामा एमाले अगाडि रहेको छ भने एउटामा राप्रपा अगाडि रहेको छ ।
कास्की षेत्र नं १ मा एमालेका मन वहादुर गुरुले ३४१२ मतका साथ अग्रता कायम गरेका छन् । सो क्षेत्रमा नेपाली काँग्रेसका किशोरदत्त वरालले २६२४ मत प्रप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टिका राजु राईले २२९ मत प्रप्त गरेका छन् । क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टिका माधव प्रसाद कँडेलले अग्रता जारी राखेका छन् । उनले २४३१ मत प्राप्त गर्दा नेकपा एमालेकी विद्या भट्टराइृले २२५७ र नेकपा एकिकृत समाजवादीका श्रीनाथ वरालले १४०३ मत प्राप्त गरेका छन् । क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टिका योगराज पौडेलले ३३०६, नेकपा एमालेका दामोदर वैरागीले २९५१ र नेकपा माओवादी केन्द्रका रामजी वरालले १८७८ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा तर्फ कास्कीको १ (१)मा नेकपा एमालेका वेद वहादुर गुरुङले ३४७५, नेपाली काँग्रेसका दिपक गुरुङले २७६८ र राप्रपाका महेन्द्र कार्कीले २०६ मत प्राप्त गरेका छन् । २ को १मा राप्रपाका विजय बहादुर भण्डारीले २८९७, नेकपा एमालेका भिम कार्कीले २५०५ र नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लापिमछानेले १४४१ मत प्राप्त गरेका छन् । कास्की ३ को १ मा नेकपा एमालेका गणेशमान गुरुङले ३८६६, नेकपा माओवादी केन्द्रका दुर्गदत्त भण्डारीले २१५६ र राप्रपाका केदारनाथ पौडेलले १८२० मत प्राप्त गरेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।