पोखरा मंसीर ७,

कास्की जिल्लाका ३ प्रतिनिध सभा र ६ प्रदेश सभाका क्षेत्रहरुको जारी मत गणनामा प्रतिनिध सभाका ३ वटै क्षेत्रमा एमालेका उमेद्धवारहरु अगाडि देखिएका छन् । गणना भएका ४ वटा प्रदेश सभामा २ वटामा जितेका छन् भने एउटामा जित उन्मुख रहेको छ । प्रदेश सभा अन्र्तगतको २ को १ मा नेकपा एमालेका भिम वहादुर कार्की विजयी भईसकेका छन् । त्यसै गरि ३ को १ मा नेकपा एमालेका गणेशमान गुरुङ निर्वाचित भएका छन् । कास्की क्षेत्र न्ां १को २ मा नेकपा एमालेका वेद वहादुर गुरुङ विजयको निकट रहेको वताईन्छ । सो क्षेत्रमा वेद वहादुर गुरुङले १२३४३, नेपाली काँग्रेसका दिपक गुरुङले ११५२५ र राप्रपाका महेन्द्र वहादुर कार्कीले ३५७० मत ल्याएका छन् । मत गणना भईरहेको कास्की २ को २ मा भने नेपाली काँग्रेसका विन्दु कुमार थापा ९७० मत ले अगाडि रहेका छन् । थापाको २५२२ मत आएको छ भने नेकपा एमालेकी उमेद्धवार मिना गुरुङको १५५२ मत आएको छ । सो क्षेत्रमा राप्रकाका अरुण गिरीले १२९१ मत ल्याएका छन् ।
प्रतिनिधि सभा तर्फको पछिल्लो मत पणिाम अनुसार कास्की क्षेत्र नं १मा नेकपा एमालेका मन वहादुर गुरुङ नेपाली काँगैसका किशोरदत्त वराल भन्दा ५३४ मतले अगाडि रहेका छन् । गुरुङले ११४६७ मत ल्याउदा वरालले १०९३३ मत ल्याएका छन् । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टिका राजु राईले ४५४६ मत प्राप्त गरेका छन् । क्षेत्र नं २मा नेकपा एमालेकी विद्या भट्टराईले अग्रतालाई वढाएकी छन् । भट्टराईले ११९४६ मत ल्याउदा राष्ट्रिय स्वतन्त्र पार्टिका माधव प्रसाद कँडेलले ९१९८ मत ल्याएका छन् । उनिहरु विचको मतान्तर २७४८ रहेको छ । गठवन्धनवाट उमेद्धवार वनेका नेकपा एकिकृत समाजवादीका श्रीनाथ वरालले तेस्रो स्थान हाँसिल गर्दै ६८३५ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा राप्रपाका सुवर्णराज पन्तले २९४८ मत प्राप्त गरेका छन् । कास्की क्षेत्र नं ३मा नेकपा एमालेका दामोदर वैरागीले ११८८० मत ल्याउदा नेकपा माओवादी केन्द्रका रामजी वरालले ८९५६ र राष्ट्रिय स्वतन्त्र पार्टिका योगराज पौडेलले ६०३८ मत ल्याएका छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टि तेस्रोमा झरेको छ भने प्रतिष्प्रर्धा नेकपा एमाले र गठवन्धनका विचमा रहेको छ । सो क्षेत्रमा राप्रपाका जगत प्रसाद सुवेदीले १३०२ मत ल्याएका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।