नेकपा एमालेको आधार क्षेत्रको रुपमा रहेको कास्की क्षेत्र नं २ मा नेकपा एमालेकी विद्या भट्टराई पुन निर्वाचित भएकी छन् । सोही क्षेत्रवाट २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फवाट युवा नेता रविन्द्र अधिकारी निर्वाचीत भएका थिए । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रहेका वेला हेलिकोप्टर दुर्घट्नामा स्व अधिकारीको निधन भएको थियो तत् पश्चात भएको उप निर्वाचनमा उनै अधिकारीकी पत्नी विद्या भट्टराई नेकपाको तर्फवाट निर्वाचित भएकी थिईन् । हाल उनि नेकपा एमालेको तर्फवाट १६९९८ मत ल्याएर निर्वाचित भएकी छन् । सत्तारुढ गठवन्धनले उनलाई चुनौती दिने अड्कल गरिएको भएपनि सत्ता गठवन्धनको तर्फवाट उमेद्धवार वनेका श्रीनाथ वराल तेस्रो भएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टिका माधव प्रसाद कँडेल विद्या भट्टराईका मुख्य प्रतिष्प्रर्धि भएका छन् । कँडेलले १२४९५ मत ल्याएका छन् । श्रीनाथ वरालले भने जम्मा ९६५९ मत ल्याए ।
प्रध्यापन पेशामा रहेकी भट्टराई आफ्ना पति स्व रविन्द्र अधिकारीको निधन भएपछि प्रध्यापन पेशा छोडेर राजनितीमा आएकी थिईन् । उप निर्वाचनमा निर्वाचित भएपनि यस पटकको निर्वाचनमा चुनाव लड्ने ईच्छा नगरेकी भट्टराई पार्टि अध्यक्ष केपि शर्मा ओलीको अनुरोध पछि मात्रै चुनाव लड्न राजी भएको वताईन्छ । कास्की क्षेत्र नं २ मा गठवन्धनलाई विद्याले मात्रै चुनौती दिन सक्ने र चुनाव जित्न सक्ने भन्दै एमालेले उनलाई टिकट दिएको थियो ।
गत वैशाखमा सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा यसै क्षेत्रका अधिकांश वडा रहेको पोखरा महानगरपालिकको प्रमुखमा गठवन्धनको तर्फवाट नेकपा एकिकृत समाजवादीका धनराज आचार्यले चुनाव जितेपछि यो क्षेत्र नेकपा एकिकृत समाजवादीको वलियो क्षेत्र भन्दै गठवन्धनवाट समाजवादीका श्रीनाथ वरालले टिकट पाएका थिए । तर गठवन्धनको तर्फवाट नेपाली काँग्रेसका मत वराललाई नपरी राष्ट्रिय स्वतन्त्र पार्टिलाई गएको चर्चा कार्यकर्ताहरुमा व्यापक रुपमा चलेको छ । हुन त राष्ट्रिय स्वतन्त्र पार्टिको राष्ट्रव्यापी लहरका कारण पनि उक्त पार्टिका माधव प्रसाद कँडेललाई यति भेरै मत आएको हो । वजार क्षेत्रमा धेरै मत आएपनि कँडेलको यो क्षेत्रका ग्रमीण ईलाकामा कम मत आएको कारण भट्टराई र कँडेलको मतान्तर वढेको देखिएको छ । यस अधि यही क्षेत्रवाट स्व. रविन्द्र अधिकारीले ३ पटक लगातार चुनाव जितेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।