पोखरा,
मंसीर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन आउन अव १४ दिन वाँकी रहेको छ । निर्वाचन प्रचार प्रसारको दोस्रो चरण सुरु भएसंगै राजनितीक दल सम्वद्ध उमेद्धवारहरु , दलका नेता तथा कार्यकर्ताहरु तथा स्वतन्त्र उमेद्धवारहरु चुनाव प्रचार प्रसारको क्रममा खुलेर हिड्न थालेका छन् । अव उमेद्धवारहरुले आम सभा तथा घरदैलो लगायतका प्रचारका शैली अपनाएका छन् । उमेद्धवारहरु जनताकहाँ नयाँ नयाँ खालका आश्वासनहरु वाड्दै आफु र आफ्नो दललार्ई भोट मागिरहेका देखिन्छन् । जनता भने उमेद्धवारहरुका आश्वासन लाई भन्दा पनि कसले वास्तविक रुपमा जनताका काम गर्दछ र जनताको सुख दुखमा साथ दिन्छ त्यस्तो जन प्रतिनिधि चुन्न आतुर देखिन्छन् । प्रतिनिधि सभाका ३ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाका ६ वटा निर्वाचन क्षेत्र रहेको कास्की जिल्लामा नेपाली काँग्रेस सहित नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सहितको सत्तारुढ दलहरुको गठवन्धन र नेकपा एमाले, राप्रपा नेपाल र परिवार दल सहितको गठवन्धनका विचमा प्रतिष्प्रर्धा रहेको छ ।
कास्की जिल्लाका ३ वटा निर्वाचन क्षेत्र मध्ये कास्की क्षेत्र नं ३ को चुनावी अवस्थाको चर्चा गर्दा यो क्षेत्रमा प्रतिनिधी सभा तर्फ सत्तारुढ गठवन्धनवाट नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी वराल र नेकपा एमालेको तर्फवाट नेकपा एमालेका युवा नेता दामोदर(वैरागी) पौडेल विच प्रतिष्प्रर्धा रहेको छ । त्यसै गरि प्रदेश सभा तर्फ ३ (१)मा गठवन्धनवाट नेकपा माओवादी केन्द्रका दुर्गादत्त भण्डारी र नेकपा एमालेका गणेशमान गुरुङका विचमा प्रतिष्प्रर्धा भईरहेको छ । प्रदेश सभा २मा गठवन्धनको तर्फवाट नेपाली काँग्रेसका प्रकाश वराल र नेकपा एमालेका राजिव पाहारीको विचमा प्रतिष्प्रर्धा रहेको छ ।
अन्नपूर्ण गाँउपालिका, माछापुच्छ«े गाँउपालिका, र पोखरा महानगरपालिकका १,२,३,५,६,१८,१९,२२,२३,२४,२५,वडाहरुका ५२ हजार ४ सय १८ महिला, ४९ हजार २ सय ९४ पुरुष र ४ जना अन्य गरि १ लाख १ हजार ७ सय १५ मतदाता यो क्षेत्रमा रहेका छन् । प्रदेश सभा १ तर्फ माछापुच्छ«े गाँउपालिका, र पोखरा महानगरपालिकका १,२,३,१८,१९,र २५वडा का ५२ हजार ८ सय ६२ मतदाता रहका छन् त्यसै गरि प्रदेश सभा २ तर्फ अन्नपूर्ण गाँउपालिका र पोखरा महानगरपालिकका ५,६,२२,२३ र २४ नंवर वडाका ४८ हजार ८ सय ५३ मतदाता रहेका छन् ।
२०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र लगायतको वाम गठवन्धन एकातिर थियो भने नेपाली काँग्रेस एक्लै चुनावमा होमिएको थियो त्यतिवेला नेकपा एमालेका जगत विश्वकर्माले नेपाली काँगे्रसका शुक्रराज शर्मालाई पराजित गरेका थिए । तर हाल अवस्था ठ्याक्कै उल्टीएको छ । हाल नेकपा एमालेलाई राप्रपा नेपाल र परिवार दलको साथ भएपनि ती दलहरुको उपस्थिती न्यून जस्तै भएकाले एमाले एक्लै जस्तो देखिन्छ भने प्रतिष्प्रर्धामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेवाट विभाजित भएर वनेको नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एमालेको प्रतिष्प्रर्धामा रहेका छन् । गठवन्धनका रामजी वराल र एमालेका दामोदर वैरागी (पौडेल) का विचको यो प्रतिष्प्रर्धा अत्यन्तै रोचक देखिएको छ । नेकपा एमालेवाट उमेद्धवार वनेका वैरागी एमालेका पुराना तथा त्यगी नेता हुन् । पार्टिमा सधै अवसरवाट वंचित रहेका पौडेल यसपाली जसरी भएपनि चुनाव जित्ने दौडमा देखिएका छन् । उमेद्धवार मनोनयनको वेला एमालेवाट वागी वनेर उमेद्धवार वनेका आफ्नै सहकर्मी जगन्नाथ वास्तोलाको उमेद्धावारी फिर्ता गर्न लगाएर उनि अझ वलियो वनेर चुनावी दौडमा देखिन्छन् ।
गठवन्धनवाट उमेद्धवार वनेका रामजी वराल नेकपा माओवादी पार्टि भित्र कास्कीमा शक्तिशाली मानिन्छन् । जनयुद्धको समय देखिनै माओवादीको महत्वपूर्ण भूमिकामा रहेका उनि प्रदेश सभाका निवर्तमान सदस्य तथा बहालवाला मन्त्री हुन् । उनलाई आफ्नै पार्टि नेकपा माओवादी केन्द्र , नेपाली काँग्रेस सहितको गठवन्धन दलको मतले चुनाव जित्ने आशमा उनि देखिन्छन् । उनलाई नेकपा माओवादी केन्द्रवाटै वागी उमेद्धवार वनेकी अनिता भुर्तेलको उमेद्धवारीले केही अफ्ठ्यारो पार्ने वताईन्छ । तथापि नन्तिम समय सम्म भुर्तेलको उमेद्धवारी निष्कृय हुने माओवादी नेताहरु वताउछन् । दुवै उमेद्धवारहरुले जनताकाहाँ जाँदा विकास निर्माण लगायत जनताका दैनानुदिनका समस्यामा आफुहरु केन्द्रित हुने वताएर मतदाता फकाईरहेका छन् । वैरागीले एमाले विनाको विकासको परिकल्पना गर्न नसकिने वताएका छन् भने वरालले गठवन्धनले चुनाव जितेमा बिकासको मुल फुट्ने वताउने गरेका छन् ।
प्रदेश सभा तर्फ भने १ मा नेकपा माओवादी केन्द्रका दुर्गादत्त भण्डारी र नेकपा एमालेवाट हालै जनता समाजवादी पार्टि परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका गणेशमान गुरुङ विचका तिव्र प्रतिष्प्रर्धामा कसले वाजी मार्ने हो यकिन भन्न सक्ने अवस्था देखिदैन । प्रदेश सभा तर्फ २ मा भने नेकपा एमालेका राजिव पहारी गण्डकी प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य हुन् अन्य उमेद्धवारको तुलनामा पाहारी वलियो भएको कारण उनि उक्त क्षेत्रमा चुनाव जित्नकै लागि दोहोरिएर उठेको वताईन्छ । गठवन्धनवाट चुनावमा होमिएका प्रकाश वराल नयाँलाई मतदाताले रोज्ने भन्दै विगतका जनप्रतिनिधिले गर्न नसकेका कामहरु आफुले गर्ने उदेश्यका साथ चुनावमा होमिएकाले आफुलाई मतदाताले विश्वास गर्नेमा ढुक्क देखिन्छन् ।