पोखरा मंसीर ५,
कास्की जिल्लाका ३ वटै निर्वाचन क्षेत्रको मत गणना जारी रहेको छ । जारी मत गणना अनुसार कास्की क्षेत्र नं १ को मत परिणाम हाल सम्म सार्वजनिक गरिएको छैन । क्षेत्र नं २ को प्रतिनिधि सभा तर्फ राष्ट्रिय स्वतन्त्र पार्टिका माधव प्रसाद कँडेलले अग्रता जारी राखेका छन् । सूरुवाती अवस्था देखि अग्रता कायम राखेका कडेलले अहिले साँझ सार्वजनिक गरिएको नतिजामा पनि अग्रता कायमै राखेका हुन् । २ हजार ८ सय ८७ मत गन्दा कँडेलले ८७५ मत प्रप्त गरेका छन् । यो क्षेत्रमा नेकपा एमालेकी बिद्या भट्टराईले ६९२ , नेकपा एकिृत समाजवादीका श्रीनाथ वरालले ४६९ र राप्रपाका सुवर्णराज पन्तले ४५१ मत प्राप्त गरेका छन् । २ कै प्रदेश सभा १ तर्फ राप्रपाका विजय भण्डारीले अग्रता कायम गरेका छन् । भण्डारीले १ हजार १ सय ९१ मत ल्याउदा नेकपा एमालेका भिम कार्कीले ७५४ र ए नेकपा माओवादीका विश्व प्रकाश लामिछानेले ४४८ मत प्रप्त गरेको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं २का सूचना अधिकारी नविन पौडेलले जानकारी दिए ।
कास्की क्षेत्र नं ३ को प्रतिनिधि सभा तर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टिको अग्रता रहेको छ । उक्त पार्टिका योगराज पौडेलले ९२७ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा नेकपा एमालेका दामोदर वैरागीले ८४४ र नेकपा माओवादी केन्द्रका रामजी वरालले ३५२ मत प्रप्त गरेका छन् । सो क्षेत्रमा राप्रपाका जगत प्रसाद सुवेदीले १५७ मत प्रप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।