पोखरा, श्रावण १७,
जिल्ला प्रहरी कार्यालय कास्कीले आ.व २०७९÷०८०मा सम्पादन गरेका कामहरु सार्वजनिक गरेको छ । हिजो पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक श्रवण कुमार विकले ले आ.व २०७९÷०८०मा प्रहरी कर्मचारीहरुको जनशक्ति व्यवस्थापन,प्रहरीले गरेका कार्य,अपराध अनुसन्धान तथा कार्यवाही, महिला वाल वालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र,समूदाय प्रहरी साझेदारी,सफल अनुसन्धान लगायतका क्षेत्रमा गरेका कामहरुको प्रगति सार्वजनिक गरेका थिए ।
गत वर्ष कास्की प्रहरीमा कूल दरवन्दी ९६१ जना रहेको भएपनि दरवन्दी भन्दा १५.४ प्रतिशत वढि अर्थात ११०९ जना प्रहरी प्रहरीले सेवा दिएको पत्रकार सम्मेलनमा वताईयो । कूल कार्यरत प्रहरी मध्ये पुरुष ९७५ र महिला १३४ रहेका थिए । गत वर्ष कास्की प्रहरीले बिभिन्न दर्जाका ४९ जना प्रहरीहरुलाई दण्ड जरिवाना गरेको थियो भने राम्रो काम गर्ने ८९ जना प्रहरीहरु पुरस्कृत भएको सो अवसरमा जानकारी दिईयो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न समय र अवस्थामा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न ३४ वटा टिम परिचालन गरिएको ति योनजनामा विसिष्ठ ब्यक्तिहरुको सुरक्षा, चाड पर्व सुरक्षा, खेलकुद सुृरक्षा देखि मेला महोत्सव सम्म रहेका छन् ।
कास्की जिल्लामा गत वर्ष आगो लागिका ८१ वटा , वाढि पहिरो ४८ वटा चट्याङ १२ वटा घट्ना भएका , वस दुर्घट्नावाट ५३ जनाको मृत्यु र जहाज दुर्घट्नावाट ७२ जनाको मृत्यु भएको जनाईएको छ । गत वर्ष अनाधिकृत रुपमा प्रकृतिक श्रोतको उत्खनन गर्ने ट्याक्टर, जेसिभी, टिप्पर ट्रक, एक्साभेटर लगायतका ९१ वटा सवारी साधनलाई कारवाही गरिएको र ११ लाख, ८९ हजार, ६ सय ८० रकम राजश्व संकलन गरिएको पत्रकार सम्मेलनमा वताईयो ।
ट्राफिक ब्यवस्थापन तर्फ २०७९÷०८०मा ७६४६० वटा ट्राफिक नियम उल्लङघनका घट्ना भएका र ६ करोड ५० लाख २४ हजार राजश्व संकलन भएको जनाईएको छ । आ. व. २०७८÷०७९मा भने ५५ हजार ८ सय ३५ वटा ट्राफिक नियम उललङघनका घट्ना भएका र ३ करोड ५८ लाख ९२ हजार राजश्व संकलन भएको जानकारी दिईयो । ग्रामिण गस्ती योजना अन्तर्गत फागुन देखि असार सम्म ४८८ वटा गस्ती गरिएको , ४१ केजी , ३३६ ग्राम गाँजा, ३ केजी ३३० ग्राम चरेश, ८५.७३४ ग्राम व्राउन सुगर,७८०५ एम्पुल, जाईजापाम, फेनारगन र नुर्फिन, वरामद गरिएको जनाईयो । जिल्ला प्रकरी कार्यालय कास्कीको पहलमा वित्तिय संस्था, सार्वजनिक स्थल, वाटो लगायतका ठाँउमा १८१ वटा सिसीटिभी जडान गरिएको, वैकिङ कसुर, लागु औषध, आत्म हत्या जवरजस्ती करणी लगायतका १७३४ घट्ना दर्ता भएका र औषतमा दैनिक ५ वटा घट्ना दर्ता भएको प्रहरीले जनाएको छ ।
त्यसै गरि गत वर्ष महिला वाल वालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र मार्फत २५० हराएका महिला मध्ये २२२ फेला परेका, २७८ हराउका वालवालिका मध्ये २२३ फेला परेका तथा २१ जना हराएका जेष्ठ नागरिक मध्ये १५ जना फेला गरेका थिए । भारतका विभिन्न ठाउमा रहेका हरुलाई माईती नेपाल लगायतका संसथाहरुको सहयोगमा ७८ जनालाई उद्धार गरिएको,समूदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साईवर सुरक्षा, सडक सुरक्षा, निशुल्क स्वास्थ्य परिक्षण, घरदैलो कार्यक्रम, रक्तदान, गाँजा फडानी, लागु औषध सम्वन्धि सचेतना कार्यक्रम लगायतका विभिन्न १०७९ कार्यक्रमहरु गरिएको, हराएका मोवाई फेला पारि सम्वन्धित ब्यक्तिहरुलाई दिईएको, लगायतका कामहरु गरिएको तथा केही सफल अनुसन्धन्धान मार्फत एटिएम मेसीन फोडी पैसा चोर्ने, नक्कली सुनका गहनालाई सक्कली हो भनेर ठग्ने,लागु औषध कारोवारी, मानव वेचविखन, जवरजस्ती करणी,कर्तव्य ज्यान, मानव वेचविखनलगायतका अपारधिक कार्यमा संलग्नहरुलाई पक्राउ गरि कारवाहीको प्रक्रिया अगाडि वढार्ईएको सूचना अधिकारी विकले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।