कास्की क्षेत्र नं १मा प्रतिनिधि सभा तर्फ नेकपा एमालेका मन वहादुर गुरुङ निर्वाचित भएका छन् । सत्तागठवन्धनवाट उमेद्धवार वनेका नेपाली काँग्रेस कास्कीका सभापति समेत रहेका किशोरदत्त वराललाई २५१९ मतले पछाडि पार्दै गुरुङले संघिय संसदको यात्रा तय गरेका हुन् । यस अगाडि गण्डकी प्रदेश सभाका सदस्य रहेका गुरुङ नेकपा एमाले कास्कीका अध्यक्ष समेत हुन् । शुक्रवार दिउसो सार्वजनिक भएको मत गणनाको अन्तिम परिणाम अनुसार नेपाली काँग्रेसका किशोरदत्त वरालले २३१८९ र राष्ट्रिय स्वतन्त्र पार्टिका राजु राईले १०९४१ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा राप्रपाका सुर्य गुरुङले ३००८ मत प्राप्त गरे ।
यता प्रदेश सभा १ तर्फ नेकपा एमालेका नेता खगराज अधिकारी निर्वाचित भएका छन् । एमालेवाट गण्डकी प्रदेशको मुख्यमन्त्रीका रुपमा हेरिएका अधिकारीले नेकपा माओवादी केन्द्रका दिपक कोईरालालाई ३९९६ मतान्तरले पराजित गरेका छन् । कोईरालाको ११६२७ मत आएको छ भने स्वतन्त्र उमेद्धवार मदन केसीको ३६२९ मत आएको छ । राप्रपाका बावुराम थापाले ३५३४ मत ल्याएका छन् । प्रदेश सभाको २ मा भने यस अधिनै नेकपा एमालेका वेद वहादुर गुरुङ निर्वाचित भईसकेका छन् । यो विजयसंगै कास्की जिल्लाको क्षेत्र नं १को प्रतिनिधि सभा र प्रदेश सभाका दुई वटै क्षेत्र जितेर एमालेले क्निस्वीप पारेको हो ।