पोखरा, मंसीर ५,
कास्की क्षेत्र नं २ को मतगणना जारी रहेको छ । कास्की २ को प्रतिनिधि सभा तर्फको १७०४ मत परिणाम सार्वजनिक गरिएको छ । सार्वैजनिक गरिएको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टिका माधव प्रसाद कडेलले अग्रता लिएका छन् । उनले ५२८ मत प्राप्त गर्दा नेकपा एमालेकी विद्या भट्टरार्इ दोस्रो भएकी छन् उनले ३९७ मत प्राप्त गरेकी छन् । तेस्रोमा परेका गठवन्धनको तर्फवाट उमेद्धवार वनेका नेकपा एकिकृत समाजवादीका श्रीनाथ वरालले २९६मत प्रप्त गरेका छन् । चौथोमा राप्रपाका सुवर्णराज पन्त रहेका छन् उनले २४९ मत प्रप्त गरेका छन् । हाल संघको समानुपातिक तर्फको मत गणना भईरहेको छ । कास्की क्षेत्र नं १ र ३ को मतगणना अवको केही वेरमा हुने वताईएको छ । कास्की क्षेत्र नं ३ को मत गणना जिल्ला समन्वय समिती कास्कीमा र क्षे त्र नं १ को मत गणना पशुपंक्षी तथा मत्स्य बिकास निर्देशनालयमा हुने छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।