स्व.कीर्तिराज बरालको ८७ औं जन्मजयन्तीका अवसरमा “ कीर्तिका रचना विविध“ पुस्तक आइतवार पोखरामा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरियो ।
नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठ, वरिष्ट कार्टुनिष्ट दुर्गा वराल वात्स्यायन, नेपाली कांग्रेस गण्डकीका सभापती शुक्रराज शर्मालगायतले उक्त कृति लोकार्पण गरेका थिए ।
सो अवसरमा कृतिमाथि टिप्पणी गर्दै प्राध्यापक रामेश्वर बरालले क्षेत्रियतालाई प्रवद्र्धन गरिएको, आध्यत्मवाद् र भौतिकवाद्को समिश्रण, पूर्वीय र मानावतावादी दर्शनलाई उतारिएको लगायत कृतिकाका विशेषता रहेको वताए । आफ्नो देशको चिन्ता, स्थानीय भूगोल, ईतिहास शिक्षा र ज्ञानका कुरा बुझ्न, राष्ट्रियता बोध गराउन, नैतिकता बुझाउन पुस्तक सहयोगी वन्ने वरालले वताए । स्व.कीर्तिराज बरालले स्वदेश तथा विदेशका गाथा बुनिएको स्वाद सहितको रचना पस्केको वरालले वताए ।
कार्यक्रममा सरुभक्तले आफ्नो शेषपछि पनि आफ्नो सम्झना बाँचिराखोस भन्ने वरालको चाहाना परिवारले पुस्तक प्रकाशन गरेर पुरा गरिदिएको वताए । यो कृतिले नेपाली साहित्यमा एउटा इट्टा थपिएको सरुभक्तले वताए । कीर्तिराज जीवित रहँदा आफ्नो साहित्य र सिर्जनामा पनि सहयोग गरेको सरुभक्तले सो अवसरमा स्मण समेत गरेका थिए ।
४६२ पेज रहेको कृतिमा पहिलो भागमा आत्मवृतान्त छ । भाग २ मा विभिन्न स्थानमा घुमेका यात्रा सस्मरण समेटिएको छ । भाग ३ मा आफू माथि घटेका घटना, भाग ४ मा साहित्य विविध, कविता, बेदान्ती चरणका भजनहरु समेटिएको छ । स्व.कीर्तिराज बरालकी धर्मपत्नी पार्वतीदेवी बरालको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी शिव बहादुर बरालले स्व. कीर्तिराज बरालको बारेमा परिचर्चा गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस गण्डकीका सभापती शुक्रराज शर्मा, स्व. बरालका सहपाठी तारा पाखे, जेठा छोरा शंकरराज, बराल,माईला छोरा भवसागर बराल तथा बुहारी रसोदा बराल, लगायतले कृति प्रकाशन लगायतका विविध विषय माथि चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन किशोरदत्त बरालले गरेका थिए ।