पोखरा पुष, ४,
पोखराका उद्योगपति तथा राजनितज्ञ स्व. सुर्य वहादुर केसीको परिवारले सञ्चालन गर्दै आईरहेको सुर्यप्रेम बहुउदेश्यीय समाज सेवा ट्रष्टद्धारा स्थापित तथा नेपाल पत्रकार महासंघ कास्कीद्धारा सञ्चालित किर्ति स्मृति पत्रकारिता बृत्तिवाट पोखरामा एकैचोटी ३ जना वरिष्ठ पत्रकारहरु सम्मानित भएका छन् । रु १ लाख ११ हजार १ सय ११ राशीको उक्त पुरस्कारवाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्य, प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा र नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष कृष्ण प्रसाद वास्तोला सम्मानित भएका हुन्् । नेपाल पत्रकार महासंघ कास्कीद्धारा आज पोखरामा आयोजना गरिएको सम्मान समारोहमा पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर वहादुर देउवा, स्व. केसीका परिवारजन र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले सम्मानित ब्यक्तिवहरुलाई नगद , सम्मान पत्र र दोसल्लाले सम्मान गरेका थिए । पुरस्कार सञ्चालन गर्दै आर्ईरहेको नेपाल पत्रकार महासंघले प्रत्येक वर्ष वितरण गर्नुपर्ने सम्मान ३ वर्षको एकैचोटी आज सम्मानको व्यवस्था मिलाएको थियो । २०७७ सालको कीर्ति स्मृति बृत्तिवाट पत्रकार सुरेश आचार्य, २०७८ सालको सम्मानवाट मधव शर्मा र २०७९ सालको सम्मानवाट कृष्ण प्रसाद वास्तोला सम्मानित भएका छन् ।
२०७७ सालको सम्मानको लागि प्रतिभा चयन समितिको संयोजकमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल र २०७८ र २०७९ सालको प्रतिभा चयन समितिको संयोजकमा अर्का अध्यक्ष वद्रि विनोट प्रतिक संयोजक रहेका थिए । सम्मान कार्यक्रममा मन्तव्य ब्यक्त गर्दै पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर वहादुर देउवाले मुलुकमा लोकतन्त्रको रक्षा र विकासका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको वताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, सम्मानित पत्रकारहरु नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्य, प्रेस स्वतन्त्रता सेनानी तथा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष माधव शर्मा,नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष कृष्ण प्रसाद वास्तोला, प्रतिभा चयन समितिका संयोजकहरु पुण्य पौडेल र वद्रि विनोद प्रतिक, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, सुर्य प्रेम ट्रष्टका किरण केसी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना र सचिव माधव वराल लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।