पोखरा, असोज १३,
पोखरा महानगरपालिका वडा नं १४ मा मुख्य कार्यालय रहेको एकता वचत तथा ऋण सहकारी संस्था लि. को १२ औ साधारण सभा शुक्रवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाको गण्डकी प्रदेशका कृषि भूमी व्यवस्था , गरिवी निवारण तथा सहकारी मन्त्री महेन्द्रध्वज जिसीले उद्धघाटन गरेका थिए । सो अवसरमा मन्तव्य ब्यक्त गर्दै मन्त्री जिसीले प्रदेश सरकारले सहकराीहरुका लागि सूचना केन्द्र तयार गर्न लागेको वताए । एउटै ब्यक्ति ऋण लिनकै लागि धेरै सहकारीको सदस्य वन्ने र प्रत्येक जसो सहकरीवाट ऋण लिने र नतिर्ने गरेका धेरै गुनासा आउने गरेको वताउदै त्यस्तो प्रवृतिलाई नियन्त्रण गर्न एक जना ब्यक्ति एउटा भन्दा वढि सहकारीको सदस्य वन्न नपाउने गरि नियम ल्याउन लागिएको वताए । सहकारी क्षेत्रमा समस्या रहेको वताउदै केही ब्यक्तिहरु सहकारीको नाममा ठगि गर्ने मनसायले लागेको कारण त्यस्ता सहकारीहरुमा समस्या रहेको वताए । ऋण लिएपछि तिर्नै पर्दैन भन्ने मानसिकता विकास भएको कारण अराजकता वढेको मन्त्री जिसीले वताए । हामी लोभि पापी भएर पनि समस्या भएको छ भन्दै जसले वढि व्याज दिन्छ त्यतै करोडौ रकम लगेर जम्मा गर्ने गरेका कारण पनि समस्या भएको वताए । सहकारीका उदेश्यमा कुनै पनि कमी कमजोरी नरहेको वताउदै राम्रो संग सहकारीका मूल्य मान्यता र सिदान्तको पालना गरेर सञ्चालन गरिएका सहकारीहरु समस्यामा नरहेको मन्त्री जिसीले वताए । सहकारीमा समस्या देखिएपछि सहकारीमा जम्मा गरेको रकम निकाल्न आउनेहरु वढेको वताउदै सहकारीमा रहेको शेयर पूजी लगानीमा रहने हुनाले एकैचोटी पैसा फिर्ता माग्न आएमा सहकारीले कहाँवाट दिने भन्दै मन्त्री जिसीले एकैचोटी शेयर फिर्ता माग्दा सहकारीले दिन नसक्ने वताए । गण्डकी प्रदेश सरकारले एक सहकारी एक उत्पादनको नितीलाई पनि कडाईका संग लैजान लागेको मन्त्री जिसीले वताए ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य गोविन्द वहादुर नेपालीले सहकारीहरुले सहकारीको मूल्य ,मान्तयता र सिदान्त विपरित लगानी गरेकाले सहकारीहरु समस्यामा रहेको वताए । केही सहकारीहरुले दिउसो शेयर सदस्यहरुले जम्मा गरेको रकम रातीमा वोरामा हालेर अन्यत्रै लैजाने गरेको हाल पिडितहरुले गुनासो गर्ने गरेको नेपालीले वताए । सहकारीका ठगहरुलाई राज्यले निर्ममतापूर्वक कारवाही गर्नुपर्ने नेपालीले वताए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १४ का अध्यक्ष वोध वहादुर कार्की, संहकारीका संस्थापक सल्लाहकार वालासिंङ काउछामगर ,सल्लाहकार वजिरमान श्रेष्ठ, पूर्व लेखा समिति संयोजक हरिराम अम्गाई,शेयर सदस्य शिव खनाल लगायतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमका अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याएका शेयर सदस्यहरु, जेष्ठ शेयर सदस्यहरु, सहकारीमा कारोवार गर्ने उकृष्ठ कारोवारी, उत्कृष्ठ कर्मचारीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका अवसरमा पत्रकार विनु मगरलाई पत्रकारिता सम्मानवाट सम्मान गरिएको थियो । साधारण सभाले अध्यक्ष सुदर्शन पौडेलद्धारा प्रस्तुत सहकारीको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष खुम वहादुर थापाद्धारा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितीका संयोजक विश्वनाथ ओझाद्धारा प्रस्तुत गरिएको लेखा समितिको प्रतिवेदन पारित गरेको छ । साथै साधारण सभाका अवसरमा रिक्त लेखा समिति सदस्यमा रवि प्रसाद वराललाई निर्वाचित गरेको छ । एकता वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुदर्शन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा स्वागत उपाध्यक्ष तिलक प्रसाद तिवारी र सञ्चालन सचिव राम मगरले गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।