पोखरा

कास्की जिल्ला अदालतको विभिन्न मितिले कैद तथा जरिबाना फैसला भएपनि कैद भुक्तान नगरि तथा जरिवाना समेत नतिरी हाल सम्म फरार रहेका १० जनालाई जिल्ला प्रहरी कार्यालय कास्की तथा ईलाका प्रहरी कार्यालय शिसुवा बाट खटिएको प्रहरी टोलीले कार्तिक १६ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिएका छन् । यसरी पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिक बस्ने ७२ वर्षका टेक बहादुर गुरुङ , वर्ष ७१ की रनमाया गुरुङ, वर्ष ४१का शरेमान गुरुङ,वर्ष ३९ को निरमान गुरुङ, वर्ष ३६ को बेल कुमार गुरुङ, वर्ष ३१ को जमुना गुरुङ,वर्ष २६ को बिपना गुरुङ रहेको प्रहरीले जनाएको छ । उनिहरुलाई चलनचलार्य मुद्धामा ५ हजार जरिवाना तोकिएको थियो । त्यसै गरि सवारी ज्यान मुद्दामा २ महिना १० दिन कैद र दुई हजार जरिवाना सजाय तोकी हालसम्म फरार रहेका तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका २ कोत्रे बस्ने वर्ष ३६ का सन्तोष पुन, सवारी ज्यानमुद्दामा ११ महिना ५ दिन कैद सजाय तोकी हालसम्म फरार रहेका जिल्ला धादिङ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं ३२ मजुवा बस्ने वर्ष ४०का चक्र बहादुर गुरुङ र लागू औषध मुद्दामा १० महिना १६ दिन कैद सजाय तोकी हालसम्म फरार रहेका पोखरा महानगरपालिका वडा नं ३१ मोहरिया बस्ने वर्ष १९ को सुनिल रहेकाछन् । उनिहरुलाई आवश्यक कार्यवाहीको लागि जिल्ला अदालतमा पेस गरिएको तिवारीले वताए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।