पोखरा माघ १३,
सर्वोच्व अदालतको फैसला पछि नेपालका उप प्रधान तथा गृहमन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष रवि लामिछानेका सवै पदहरु छिनभरमै समाप्त भएका छन् । छोटो समयमा राजनितीमा उदाएका लामिछानेको आफ्रनै गल्तिका कारण जनताको अपार समर्थनमा निर्वाचित भएको सांसद पद, सत्ता गठवन्धनवाट हात परेको उप प्रधान तथा गृह मन्त्री जस्तो महत्वपूर्ण जिम्वेवारी, आफैले निर्माण गरेको राजनितीक दलको सभापति लगायतका सवै पदहरु क्षण भरमै समाप्त भएका छन् । लामिछानेले वुद्धि पु¥याएर निर्वाचन अगावै नेपाली नागरिकता पुर्नप्राप्तीको प्रक्रिया अगाडि वढाएको भए र नयाँ नागरिकता लिएको भए सादय यी सवै पदहरु गुम्ने थिएनन् ।
एक छिन अगाडि सम्म नेपाल सरकारको उप प्रधानमन्त्री तथा गृहमन्त्री र गठवन्धनमा तेस्रो वरियता र हैसियतमा रहेका लामिछानेका लागि सवै पद क्षणीक भए । आफ्नो नागरिकता सम्वन्धि मुदालाई प्रभावमा पार्र्न सकिन्छ की भन्ने आशामा गृह मन्त्रालय रोजेको आरोप पनि रवि माथि लागेको थियो तर सर्वोच्व अदालतको फैसला पछि सवै आशंकाहरु समाप्त भएका छन् । रविले पदको आडमा न्यायालयलाई प्रभावित गर्न सक्छन् की अथवा सत्ता गठवन्धनवाटै रविको वचाउमा सहयोग हुन्छ की भन्ने खालका तमाम आशंकाहरुको पनि अन्त्य भएको छ र यो फैसला पछि नेपालको न्यायालय प्रतिको नेपाली जनताको आस्था र विश्वास अझै वढेर गएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।