पोखरा, पौष ६,
एनआरएन डेनमार्कका सल्लाहाकार तथा एनआरएनका पूर्व अन्तरास्ट्रिय समन्य परिषदका सदस्य सुर्य खनाल तथा पत्नी प्रमिला खनालले पोखरा महानगरपालिका २८ कालिका बिमिरापानीमा रहेको त्रिलोकेश्वर शिव मन्दिर पुनः निर्माणको लागी एक लाख एकसय रुपिया सयोग गरेका छन् ।
स्थायी घर शुक्ला गण्डकी नगरपालिका २ कोत्रे र हाल डेनमार्कको कोपन्हेगन रहेका खनाल दम्पतीले आफ्नो जन्म भुमिमा केहि न केहि सयोग गर्नुपर्छ भन्ने उध्यश्यले सयोग गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोहरी पौडेलले वताए । आफु बाध्यता र विवशताले विदेश भए पनि जन्म भुमिलाई कहिले पनि भुल्न नसक्ने खनालले वताए ।
बिशेष गरी कालिका आफ्नो माइती घर रहेको र जन्मेको ठाउमा केहि रकम सयोग गर्न पाएकोमा खुशी लागेको बताउदै प्रमिला खनालले आफुलाई धार्मिक आस्था समेत रहेको र शिव मन्दिर जस्तो पुण्य ठाँउको पुनः निर्माण कार्यमा सयोग गर्न पाएकोमा गर्व लागेको बताईन् ।
त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिका अध्यक्ष मनोहरि पौडेलले खनाल दम्पतीलाई बिषेश धन्यवाद दिदै पोखरा महानगरपालिका २८ कालिका बिमीरापानीमा २०३७ सालमा स्थापना भएको त्रिलोकेश्वर शिव मन्दिर हाल अत्यन्त जिर्ण अबस्थामा रहेको र मन्दिरको संरक्षण समेत नभएको अवस्थामा हाल स्थानिय जनताको अग्रसरमा मन्दिरको समिति गठन भई मन्दिरको पुनःनिर्माणको काम भईरहेकाले देश विदेशमा रहेका शुभचिन्तकहरुको सयोगको खाचो रहेको बताए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।