पोखरा मंसीर ७,
कास्की प्रहरीले आज पोखरा महानगरपालिका वडा नं २२ चिसाखोला स्थित भेष वहादुर गुरुङको घरवाट कौडा खेलीरहेका ६ जनालाई नगद ८२ हजार ८ सय पच्चिस सहित पक्राउ गरेको छ । पोखरा महानगरपालिका–२२ चिसाखोला स्थित  बर्ष ५२ को भेष बहादुर गुरुङको घरको आँगनमा कौंडा खेलेको भन्ने सूचनाको आधारमा प्रहरी टोली जाँदा प्रहरी आएको  जानकारी पाई जुवा खेल्ने मानिसहरु भाग्दै गरेको अवस्थामा ६ जनालाई नगद रु. ८२,८२५।–,कौडा १६ थान र जिन्सी सामान सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक श्रवण कुमार विकले जानकारी दिए । यसरी पक्राउ पर्नेहरुमा पोखरा म.न.पा. वडा नं.२२ चिसापानी फूस्रेखोला बस्ने बर्ष ५२ का भेष बहादुर गुरुङ ,पोखरा म.न.पा. वडा नं. १० अम्मरसिंहचोक बस्ने वर्ष ३८ का बलराम श्रेष्ठ ,पोखरा म.न.पा. वडा नं. ९ पृथ्वीचोक बस्ने वर्ष २८ को सुरेन्द्र शाह ,पोखरा म.न.पा. वडा नं. १५ रामबजार बस्ने दिपेन्द्र सेन ,पोखरा म.न.पा. वडा नं. २६ बिजयपुर बस्ने ४१ को खम्ब सिंह राना र पोखरा म.न.पा. वडा नं. २६ बुढिबजार बस्ने सन्दिप भन्ने डोर बहादुर गुरुङ रहेका छन् । भेष बहादुर गुरुङको घर खानतलासी गर्दा कोठामा लुकाई छिपाई राखेको (लाईसेन्स नभएको) .द्दद्द हर्नेट, ऐ.को गोली २४ राउण्ड र ऐ.को म्यागजिन १ थान फेला पारी नियन्त्रणमा लिएको समेत प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।