पोखरा, वैशाख १३,
वारा जिल्ला निर्वाचन क्षेत्र नं २मा भएको उप निर्वाचनमा जनता समाजवादीका अध्यक्ष एवं सत्ता गठवन्धनका साझा उमेद्धवार उपेन्द्र यादव निर्वाचित भएका छन् । मंसीर ४ गते भएको आम निर्वाचनमा सप्तीवाट जनमत पार्टिका सिके राउतसंग पराजित भएका यादवले उप निर्वाचनमा निर्वाचित भएर त्यसको क्षतिपूर्ति गरेका छन् । प्रतिनिधि सभामा छिर्नकै लागि वारा २ वाट निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति वनाएर उक्त क्षेत्र खाली गराएका यादवको योजना पुरा भएको छ तर उनलार्य जनमत पार्टिका शिवचन्द्र प्रसाद कुशवाहाले कडा टक्कर दिए । उपेन्द्र यादवले २८ हजार ४ सय १५ मत ल्याएर निर्वाचित हुँदा कुशवाहले २३ हजार ३ सय ३४ मत प्राप्त गरे । नेकपा एमालेका पुरशोत्तम पौडेलले भने जम्मा १० हजार २सय १६ मत प्रप्त गरे । चितवन र तनहुँमा अत्याधिक मत ल्याएर निर्वाचित वनेको राष्ट्रिय स्वतन्त्र पार्टिका रमेश खरेलले भने योक्षेत्रमा जमानत समेत जोगाउन सकेनन् खरेलले २हजार ८ सय २९ मत ल्याएका थिए । प्रमु शाह नेतृत्वको आम जनता पार्टिका अरुण ज्ञावालीले २ हजार ७ सय ३ड मत प्रप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
वारा २मा जनता समाजवादी पार्टिलाई सत्ता गठवन्धनको साथ नभएको भए उपेन्द्र यादवले चुनाव हार्ने अवस्था देखा प¥यो । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टि लगायतका पार्टिहरुले यादवलाई समर्थन गरेका कारण यादव निर्वाचित भएका हुन् । सिके राउत नेतृत्वको जनमत पार्टिले सत्ता गठवन्धनका सवै दलहरु मिल्दा पनि आच्छु आच्छु पारेको मत परिणमले देखाएको छ । तराईमा पकड भएको लोसपाले साथ नदिएको भएपनि यादवलार्य जित निकाल्न कठिन हुने अवस्था देखिएको नेताहरुले वताएका छन् । तरार्यमा उदाउदो शक्तिका रुपमा स्थापित सिके राउत नेतृत्वको पार्टि एक्लै चुनाव लड्दा समेत यादवलाई कडा टक्कर दिएपछि तराईमा मतदाताको आकर्षण सिके राउतको पार्टि तर्फ देखिएको छ । तराईमा सिके राउत तर्फ आकर्षण वढ्नु र उप निर्वाचन भएका चितवन र तनहुँमा रास्वपातर्फ आकर्षण वढ्नुभनेको ठूला र पंरपरावादीदलहरुलाई जनताको अवज्ञाको रुपमा लिईएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।