पोखरा फागुन २९,
सरकारले गण्डकी सहित ३ प्रदेश प्रमुखहरुलार्ई बर्खास्त गरेको छ । केन्द्रमा सत्ता समिकरण परिवर्तन भएसंगै नयाँ गठवन्धनको सरकारले प्रदेश प्रमुखहरुलार्ई बर्खास्त गरेर आफु अनुकुलका प्रदेश प्रमुख ल्याउन लागेको छ । प्रदेशहरुमा सरकार गठनका लागि सत्ता गठवनधनलाई सहज होस् भन्ने उदेश्यले प्रदेश प्रमुखहरुलाई हटाएको अनुमान लगाउन सकिन्छ । राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले पाउने भएपछि ३ वटै प्रदेशका प्रमुखहरु एमाले निकट ब्यीक्तहरुलाई ल्याउनका लागि राष्ट्रपति समक्ष सिफारिस समेत गरिसकिएको छ । सोमवार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्ड विचको भेटपछि दिउसो वसेको मन्त्री परिषदको वैठकले प्रदेश प्रमुखहरुलार्ई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो ।
सरकारले नेपाली काँग्रेस निकट रहेका गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मधेश प्रदेशका हरिशंकर मिश्र र सुदुर पश्चिम प्रदेशका देवराज जोशीलाई हटाएको छ । यसै गरि सरकारले नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि गण्डकीमा डिल्लिराज भट्ट, मधेशमा सुमित्रा भण्डारी र सुदुर पश्चिममा नजिर मियालाई प्रदेश प्रमुखका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ ।