पोखरा पौष २९,
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । शुक्रवार गण्डकी प्रदेश सभाको वैठकवाट अधिकारीले विश्वासको मत लिएका हुन् । पौष २५ गते मुख्यमनत्री अधिकारीले ३३ सांसदको हस्ताक्षर सहित सरकार गठनको दावी गरेका थिए । ६० सदस्यीय प्रदेश सभामा अधिकारीले आफ्नो पार्टि एमालेका २१, माओवादी केन्द्रका ८, राप्रपाका २ जनाको गरि ३१ मत पाएका हुन् विपक्षमा नेपाली काँग्रेसका २७ सांसदले मतदान गरेका थिए । सरकार गठनको वेला मुख्यमन्त्रीलाई समर्थन गरेका स्वतन्त्र सांसद राजिव गुरुङ भने बैठकमा अनुपस्थित रहेका थिए । प्रदेश सभामा एमालेका २२ सदस्य रहेको भएपनि जेष्ठ सदस्यको हैसियतमा एमालेका मित्रलाल वस्याल सभामुखको भूमिकामा रहेकाले उनले मतदान गर्न पाएनन् । अधिकारीले सरकार गठन हुदाँ चाहिने आवश्यक संख्याको मात्रै विश्वासको मत पाएका छन् । एक जना संसदले यताउति गर्ने वित्तिकै अधिकारी नेतृत्वको सरकार अल्पमतमा पर्ने देखिन्छ ।