पोखरा जेष्ठ १४,
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्राप्त गरेको विश्वासको मतलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको छ । अधिकारीले पाएको विश्वासको मतलाई असंवैधानिक ठहर गरेपछि उनि स्वतः पद मुक्त भएका छन् । सोमबार सर्वोच्च अदलतका न्यायाधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले अधिकारीले यसअघि ६० सदस्य प्रदेश सभामा ३० सदस्यको मतलाई बहुमत पाएको भनीे भनि लिएको विश्वासको मत संविधान विपरीत भएको ठहर गरेको हो । अदालतले ४८ घण्टा भित्र गण्डकी प्रदेशमा सवैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।
गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालले ६० सदस्यीय प्रदेश सभालाई सांसदहरुको उपस्थित संख्या लाई ५९ भन्दै ३० मत पाएका अधिकारीलाई विश्वासको मत पाएको घोषणा गरेका थिए । यसलाई सत्ता पक्षको बलमिच्याई भनेर आलोचना समेत भएको थियो । सभामुखको यो कदम विरुद्ध नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्र राज पाण्डे सर्वोच्व पुगेका थिए । पाण्डेले वैशाख २५ गते दायर गरेको रिटमा आज सर्वोच्वले फेसला सुनाए । गण्डकीमा अव संविधानको धारा १६९ को उपधारा ३ अनुसार प्रदेश सभामा सवैभन्दा ठूलो दलको हैसियतमा नेपाली काँग्रेस संसदीय दलका नोता सुरेन्द्र पाण्डे मुख्यमन्त्री वन्नेछन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।