पोखरा जेष्ठ १६,
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख डिल्लिराज भट्टले पाण्डेलाई आज एक कार्यक्रमका विच सपथ ग्रहण गराएका छन् । सोमवार सर्वोच्च अदालतले मुख्यमनत्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानीक भएको भन्दै नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलार्ई मुख्यमनत्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा संविधानको धार १६८ को उपधारा ३ बमोजिम पाण्डेलाई प्रदेश प्रमुख भट्टले सपथ ग्रहण गराएका हुन् ।
सपथ ग्रहण लगत्तै मुख्यमन्त्री पाण्डेले ३ सदस्यीय मन्त्री मण्डल विस्तार गरेका छन् । पाण्डेले कास्की का विन्दुकाुमार थापालाई सामाजिक विकास, उर्जा तथा जलश्रोत मन्त्रीमा नियुक्त गरेका छन् । यसै गरि लमजुङका टकराज गुरुङलाई अर्थ मन्त्री वनाएका छन् । नवनियुक्त मन्त्री थापा र गुरुङले आजै पद तथा गोपनियताको सपथ लिएका छन् ।
संविधानको धारा १६८ को उपधारा ३ अन्तर्गत मुख्यमन्त्री वनेका पाण्डेले ३० दिन भित्रमा प्रदेश सभावाट विश्वासको मत लिनुपर्ने हुन्छ । यस अघि नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी संविधानको धार १६८ को उप धारा २ अन्तर्गत दुई वा दुई भन्दा वढि दलको समर्थनमा मुख्यमन्त्री वनेका थिए । यसरी मुख्यमन्त्री वनेका अधिकारीले प्रदेश सभावाट विश्वासको मत लिएका थिए । ६० सदस्यीय प्रदेश सभामा अधिकारीले ३० सांसदको मात्रै समर्थन प्राप्त गरेका थिए । ३० सांसदको समर्थन प्राप्त गरेका अधिकारीलाई सभामुख कृष्ण प्रसाद धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए । सभामुखको उक्त घोषणालाई असंवैधानिक भन्दै त्यसको विरुद्धमा नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्व पुगेका थिए । ६० सदस्यीय प्रदेश सभामा स्पष्ट रुपमा वहुमत हुनलाई ३१ सांसदको हस्ताक्षर चाहिने र सभामुखले दुवै तर्फ वरावर भएको अवस्थामा मात्रै मत दिन पाउनेमा सभामुखले अधिकारीले विश्वासको मत पाएको घोषणा गरेपछि यसलार्ई सत्तापक्षको वल मिच्याई भनेर सवत्र विरोध भएको थियो । अदालतले अधिकारीले पाएको विश्वासको मतलाई असंवैधानिक ठहर गरेपछि मुख्यमन्त्री वनेका पाण्डेले ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ पाण्डेलाई विश्वासको मत लिन त्यति सजिले भने छैन ।