पोखरा ,वैशाख १४,
नेपाली काँग्रेसको तर्फवाट गोरखा जिल्ला निर्वाचन क्षेत्र नं २(२)वाट निर्वाचत सुरेन्द्र प्रसाद पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री वनेका छन् । नेपाली काँग्रेस संसदीय दलका नेता पाण्डेलार्ई विहिवार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गण्डकी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८को उपधारा २ वमोजिम दुई वा दुई भन्दा वढि दलको समर्थन लिएर मुख्यमन्त्रीको दावी पेस गर्न दलहरुलाई विहिवार ४ वजे सम्मको समय दिएर आव्हान गरेका थिए । सोही अनुसार नेपाली काँग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकिकृत समाजवादीका १ सांसद गरि ३५ जनाको समर्थन लिएर विहिवार दिउसो नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले मुख्यमन्त्रीमा दावी पेस गरेका थिए । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा ३१ जना सांसंदको समर्थन भएमा सरकार वन्न सक्नेमा पाण्डेले ३५ जनाको हस्ताक्षर पेस गरेपछि प्रदेश प्रमुख गुरुङले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।