पोखरा चैत्र १२,
गण्डकी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको विश्वासको मत फिर्ता लिदै सरकारवाट वाहिरिने निणर््ाय गरेसंगै अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको हो । नेकपा माओवादी केन्द्रवाट मन्त्री वनेका हरि वहादुर चुमान र रेशम बहादुर जुग्जाली मगरले शुधmवार मुख्यमन्त्री अधिकारीलार्य राजिनामा वुझाए । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको समर्थनमा पैष २५ गते गठन भएको अधिकारी नेतृत्वको सरकार माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको हो । गण्डकीमा नेकपा एमालेका २२ माओवादी केन्द्रका ८, र राप्रपाका २ सांसद गरि ३२ जना प्रदेश सभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्री वनेका थिए । हाल माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा अधिकारी संग राप्रपाका २ सहित जम्मा २४ जना प्रदेश सभा सदस्यको समर्थन कायम रहेको छ । केन्द्रमा नेकपा एमाले सहितको ७ दलीय गठवन्धन टुटेपछि त्यसको प्रभाव प्रदेशहरुमा देखिईसकेको छ । राष्ट्रपति ÷उप राष्ट्रपतिको निर्वाचनको कारण प्रदेशहरुमा नेकपा एमाले नेतृत्वका सरकार केही समयसम्म रहेको भएपनि एमालेले नेतृत्व गरेका सवै प्रदेशहरुमा माओवादी लगायतका दलहरुले समर्थन फिर्ता लिएपछि ति सरकाहररु अल्पमतमा परेका हुन् । लुम्विनीमा पनि एमाले नेतृत्वको सरकार ढलेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अल्पमतमा परेपछि १ महिना भित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ तर अधिकारीले फेरी पनि विश्वासको मत लिन चाहेको अवस्थामा उन संग आफ्नो दल एमाले र राप्रपको मात्रै समर्थन रहने निस्चित छ त्यस्तो अवस्थामा अधिकारीले पदवाट राजिनामा दिनुको विकल्प देखिदैन । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नेपाली काँग्रेस संग २७, नेकपा एमालेसंग २२, माओवादी केन्द्र संग ८, राप्रपासंग २ र नेकपा एकिककृत समाजवादी संग १ प्रदेश सभा सदस्य रहेका छन् । यस हिसावमा ठूलो दलको हैसियतमा गठवन्धनवाट नेपाली काँग्रेसले सरकार वनाउने संभावना देखिएको छ तथापि नेकपा माओवादी केन्द्रले पनि सरकारको नेतृत्वको दावी गरेको छ । केन्द्रवाटै संघिय सरकारका मन्त्रालय संगै प्रदेश सरकारको नेतृत्व एकैचोटी प्याकेजमा टुङ्ग्याईने भएकाले गण्डकीमा नेपाली काँग्रेसले नेतृत्व गर्ने संभावनालाई नकार्न सकिने अवस्था छैन । गण्डकीमा माओवादी केन्द्रले पनि नेतृत्व गर्न पाउनुपर्ने अडान राखेपछि आलोपालो गर्ने सहमति वनेको वताईएको छ । त्यसको खाका भने केन्द्रवाटै प्याकेजमा आउने नेताहरु वताउछन् ।
यसै विच गण्डकी प्रदेश सभामा नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीको राजिनामा माग गरेका छन् । शनिवार पोखरामा पत्रकार सम्मेलन गरी पाण्डेले गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा नेकपा एमालेको नेतृत्वमा वनेको सरकार अल्पमतमा परेको भन्दै राजिनामा दिएर मार्ग प्रसस्त गर्न आग्रह गरेका छन् । नेकपा माओवादी केन्द्रले राजिनामा दिईसकेको अवस्थामा मुख्यमन्त्री अधिकारीले वहुमत सिद्ध गरेर फेरि पनि विश्वासको मत लिन सक्ने अवस्था नरहेकाले राजिनामा दिएर मार्ग प्रसस्त गर्न आग्रह गरिएको पाण्डेद्धारी जारी विज्ञप्तीमा जनाईएको छ ।