पोखरा, पौष २५,
गण्डकी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार गठन हुने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधान २०७२ को धारा १६८ (२) अन्तर्गत दुई वा दुई भन्दा वढि सांसदको समर्थन सहित पौष २५ गत भित्र मुख्यमन्त्रीको दावी पेस गर्न आवहान गरेको अन्तिम दिन आज नेकपा एमाले गण्डकीका संसदीय दलका नेता खगराज अधिकारीले नेकपा माओवादी केन्द्र, र राप्रपाको समर्थनमा बहुमत प्रदेश सभा सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावी पेस गर्दैछन् । आईतवार साँझ सत्तारुढ दलका शिर्ष नेताहरुले प्रदेशका मुख्यमन्त्री, सभामुख र उप सभामुखमा भागवण्डा गरेपछि गण्डकीमा नेकपा एमालले सरकारको नेतृत्व गर्ने पक्का भएको हो । नेकपा माओवादी केन्द्रले पनि गण्डकीमा मुख्यमन्त्रीमा दावी गरेको थियो । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिवहादुर चुमान मुख्यमन्त्रीका दवेदार थिए । उता राप्रपाले पनि सरकार वनाउन गण्डकीमा एमालेलाई समर्थन गर्छ की गर्दैन भन्ने चासो थियो । केन्द्रमा नेताहरु विच भागवण्डा मिलेपछि त्यो अन्योल पनि हटेको छ । केन्द्रको सहमति अनुसार गण्डकी प्रदेशमा ५ वर्षनै नेकपा एमालेले सरकारको नेतृत्व गर्नेछ भने सभामुख माओवादीले पाउने भएको छ । उप सभामुख भने एमालेको भागमा पर्ने वताईएको छ । राप्रपालार्ई वाग्मती प्रदेशको सभामुख र लुम्विनी प्रदेशको उप सभामुख दिएर चित्त वुझाईएको छ ।
सत्तारुढ दलले प्रदेशका मुख्यमन्त्री सभामुख र उप सभामुखमा भागवण्डा गरिरहदा सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टिले भने असहमति प्रकट गरेको छ । सुदुर पश्चिम प्रदेश सरकारको मुख्यमन्त्री दावी गरेको सो पार्टिलाई मुख्यमन्त्री नदिएपछि नागरिक उन्मुक्ति पार्टि असन्तुष्ट वनेको हो । उसलाई नेपाली काँग्रेसले मुख्यमन्त्रीको अफर गरेको समेत वताईएको छ । दलीय भागवण्डा अनुसार प्रदेश नं १, गण्डकी र लुम्विनी प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले एकल रुपमा ५ वर्षनै गर्नेछ । नेकपा माओवादी केन्द्रले कर्णलीमा ५ वर्षनै एकल सरकार चलाउनेछ । वाग्मति र सुदुर पश्चिम प्रदेशमा माओवादी र एमालेले आलोपालो गर्नेभएका छन् । मधेश प्रदेशमा जनता समाजवादी पार्टि र जनमत पार्टिले आलोपालो सरकार चलाउने सहमति दलहरुले निर्णय गरेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।