पोखरा, मंसीर २५
यही मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गतको समानूपातिक तर्फ दलहरुले सांसद छनौट गरेका छन् । निर्वाचन आयोगले शनिवार सम्म समानूपातिक सांसदको नाम वुझाउन दलहरुलाई समय दिएकाले दलहरुले आफ्नो दलले पाउने समानूपतिक सांसदहरुको नाम निर्वाचन आयोगमा वुझाएका छन् । गण्डकी प्रदेशमा नेकपा एमालेले सवै भन्दा वढि १० जना समानूपातिक सांसद पाएको छ । नेपाली काँग्रेसले ९ जना, नेकपा माओवादी केन्द्रले ३ जना र राप्रपाले २ जना समानूपातिक सांसद पाएका छन् । दलहरुले निर्वाचनमा समानूपातिक तर्फ पाएको मतको आधारमा भागवण्डा गर्दा सवै भन्दा वढि एमालेले पाएको छ । एमालेले गण्डकीमा समानूपातिक तर्फ ३ लाख ६७ हजार ९ सय ८९ मत पाएको थियो । त्यसै गरि नेपाली काँग्रेसले ३ लाख ४९ हजार ६ सय २८, माओवादी केन्द्रले १ लाख १६ हजार ९ सय ४५ र राप्रपाले ५९ हजार ४ सय ८३ मत पाएका थिए । प्रदेश सभामा थ«ेसहोल्ड कटाएर पनि हाम्रो नेपाली पार्टि, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समानूपातिक तर्फ एक सिट पनि पाएनन् ।
नेकपा एमालेले कल्ष्टर मिलाएर निर्वाचन आयोगमा पठाएका १० जनामा यशोदा रिमाल, देवका पाहारी, कृष्ण प्रसाद पाठक, प्रकाश केसी खस आर्यवाट रहेका छन् । त्यसै गरि विना थापा, निर्माला थापा, राज कुमारी भुजेल जनजाती महिलावाट र लिला वहादुर थापा जनजाती पुरुषवाट र नन्दकला दमाई, र गोविन्द नेपाली दलीतवाट रहेका छन् । त्यसै गरि नेपाली काँग्रेसले पठाएका १० जनामा बिमला गौचन, रेखा गुरुङ, सरस्वती गुरुङ, पार्वती तामाङ आदीवासी जनजाती महिलावाट सरस्वती अर्याल, चम्पादेवी खड्का, कल्पना तिवारी खस आर्यवाट र टिका कुमारी वस्याल र दिलमाया पौवी दलीत कल्ष्टरवाट रहेका छन् । नेकपा माओवादी केन्द्रले पाएको ३ जनामा कुसुम वुढा, शुसिला सिंखडा, र दमयन्ती रुचाल रहेका छन् । राप्रपावाट पञ्चराम गुरुङ र विन्दु पाहाडी गण्डकी प्रदेशको सांसद वनेका छन् ।
संघिय संसदमा जस्तै प्रदेश सभामा पनि ३३ प्रतिशत महिला अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने र क्लष्टर मिलउनुपर्ने वाद्यकारी प्रावधान रहेकाले प्रत्यक्षमा महिला निर्वाचित हुन नसकेमा समानूपातिकवाट ३३ प्रतिशत महिला पु¥याउनु पर्ने भएका कारण नेपाली काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा, नेकपा माओवादी केन्द्रका झलकपाणी तिवारी खस आर्यको १ नंवर सूचीमा परेको भएपनि संसद वन्ने अवसरवाट वंचित वनेका छन् । गण्डकी प्रदेशको मुख्यमन्त्रीको दौडमा रहेका शर्माको मुख्यमन्त्री वन्ने वाटो समेत वन्द भएको छ ।