पोखरा, वैशाख २९,
गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पाण्डेले आफु मुख्यमन्त्री भएको १५ दिनमा मन्त्री परिषदलार्ई पूर्णता दिएका छन् । सत्ता गठवन्धन दलमा नेपाली काँग्रेसले मुख्यमन्त्री सहित ५ मन्त्रालय पाएको छ त्यसै गरि , नेकपा माओवादी केन्द्रले २ मन्त्रालय पाएको छ । अर्को सत्ता सहयात्री दल नेकपा एकिकृत समाजवादीलाई १ मन्त्रालय दिने सहमती भएपनि अन्तिम समयमा आएर समाजवादीले विस्तारित मन्त्रीमण्डलमा स्थान पाएन । नव गठित मन्त्री परिषदमा नेपाली काँग्रेसवाट तनहूँका जित प्रकाश आले आर्थिक मामिला मन्त्री भएका छन् । नवलपुरका महेन्द्रध्वज जिसी कृषि तथा भूमी व्यवस्था मन्त्री वनेका छन् त्यसै गरि वाग्लुङका दिपेन्द्र वहादुर थापा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् । नेकपा माओवादीवाट रेशम वहादुर जुग्जाली भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रीमा नियुक्त भएका छन् । यस अधि नेपाली काँग्रेसकी सरस्वती अर्याल तिवारी र नेकपा माओवादी केन्द्रकी शुसिला सिंखडालार्ई मन्त्री भईसकेका थिए सिंखडालाई सामाजिक विकास तथा स्वास्थ् मन्त्रालय र तिवारीलाई उर्जा जलश्रोत तथा खानेपानी मन्त्रालयको जिम्वेवारी दिईएको छ मुख्यमन्त्री पाण्डेले आन्तरिक मामिला तथा कानून मन्त्रालय आफैसंग राखेका छन् ।
गण्डकीमा मन्त्री मण्डलले पूर्णता पाउदा कास्की जिल्लाले भने मन्त्री पाएको छैन । कास्की जिल्लावाट निर्वाचित सांसद विन्दु कुमार थापा र प्रकाश वराल मन्त्रीका प्रवल दावेदार थिए । प्रदेशको राजधानी पोखरा र गण्डकी प्रदेशमै हरेक हिसावले महत्व राख्ने कास्कीले मन्त्री मण्डलमा सहभागिता नपाउदा काँग्रेसमा व्यापक असन्तुष्ठी वढेको छ । उता नेकपा एकिकृत समाजवादीलाई मन्त्री वनाउने समझ्दारी केन्दीय स्तरमै भएको र मनाङवाट स्वतन्त्र रुपमा निर्वाचित पछि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका दिपक मनाङ्े भनेर चिनिने राजिव गुरुङलाई मन्त्री वनाउने आश्वासन दिईएको भएपनि अन्तिम समयमा आएर उनको नाम काटिएपछि नेकपा एकिकृत समाजवादीका नेताहरुले मन्त्रीमण्डल विस्तार प्रति असन्तुष्ठि जनाएका छन् ।
![](http://fewapostkhabar.com/wp-content/uploads/2023/05/343571473_184123327501282_8713252720116386307_n.jpg)