पोखरा माघ ११,
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्री परिषदलाई पूर्णता दिएका छन् । यस अधि १२ सदस्यीय मन्त्री परिषद रहेकोमा मुख्यमन्त्री अधिकारीले गठवन्धन दलहरुसंग छलफल गरि ७ सदस्यीय मन्त्री परिषद वनाउने निर्णय गरेका थिए । मुख्यमन्त्री अधिकारीको यो कामको प्रशंसा गरिएको छ । त्यसै मुताविक मौजुदा मन्त्रालयहरुलाई गाभेर अधिकारीले मंगलवार मन्त्री परिषदलाई पूर्णता दिएका छन् । अधिकारीले मन्त्रीमण्डल विस्तार संगै कार्यविभाजन समेत गरेका छन् । पौष २५ गते मुख्यमन्त्रीमा नियुक्त हुँदा आँफु सहित ४ जनाको मन्त्री मण्डल वनाएर सपथ खाएका अधिकारीले मन्त्रीहरुको जिम्वेवारी भने तोकेका थिएनन् । मंगलवार थप ३ जना मन्त्रीहरुलाई नियुक्ति गर्दै मुख्यमन्त्री अधिकारीले कार्यविभाजन समेत गरेपछि गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मंगलवार मन्त्रीमा नियुक्त हुनेहरुमा रोशन वहादुर गाहा मगर, वेद वाहादुर गुरुङ र रेशम वहादुर जुग्जाली रहेका छन् ।
मुख्यमन्त्री अधिकारीले संविधानको धार १६८ को उप धारा ९ वमोजिम मन्त्रीहरुको कार्यविभाजन समेत गरेका छने जस अनुसार दोस्रो वरियतामा रहेका हरि वहादुर चुमानले भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्रीको जिम्वेवारी पाएका छन् । तेस्रो वरियता सहित सिता कुमारी सुन्दासले आर्थिक मामिला , चौथो वरियता सहित पञ्चराम गुरुङले सामाजिक विकास तथा स्वास्थ्य, पौचौ वरियता सहित रोशन गाहा मगरले आन्तरिक मामिला तथा कानून छैटौ वरियता सहित वेद वहादुर गुरुङले कृषि उर्जा तथा जलश्रोत र सातौ वरियता सहित रेशम बहादुर जुज्जालीले उद्योग , पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्वेवारी पाएका छन् ।